मिति लोड़ीङ्ग हुँदैछ...

मुखियापट्टी मुसरनिया गाउँपालिका अध्यक्षमा जयकुमार यादव

 संवाददाता    April 1, 2022     282 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, चैत १८ गते
जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टीले धनुषा जिल्लाको मुखियापट्टी मुसरनिया गाउँपालिकाका नगर समितिले सर्वसहमति निर्णयले अध्यक्षका उम्मेदवार सोही पालिकाको इन्चार्ज जयकुमार यादवको टुंगो लगाएका छन् ।

बिहिवार पालिकाको बैठकमा जसपाका मुखियापट्टी गाउँपालिका संयोजक अशोक यादव, केन्द्रीय समितिको निर्णय अनुसार क्षेत्र नम्बर-३ पालिकाको लागि जिम्मेवारी दिएका केन्द्रीय सदस्य अमरेश नारायण झा, निर्वाचन केन्द्रिय समिति सदस्य जितेन्द्र यादव, लगायत पालिका समितिहरु उपस्थितिमा पार्टीका पालिका इन्चार्ज यादवलाई मेयरको उम्मेदवार बनाएको छ ।

आसन्न निर्वाचनको आउदो बैशाख ३० गते स्थानीय तहका निर्वाचनलाई मध्यनजर गर्दै जसपाका नेता यादवको नेतृत्वमा चुनाव परिचालन समिति र निर्वाचन सम्बन्धी गतिविधि गर्ने जिम्मेवारी इन्चार्ज यादवलाई पालिका समितिले सर्वसहमती दिएका हुन् ।

पालिका समितिले निर्वाचन सम्बन्धी गतिविधि गर्ने दिएको जिम्मेवारी आफू पालिकालाई कसरी जिताउने र कता कुन नेता तथा कर्याकर्ताहरुलाई वडा अध्यक्ष र वडा सदस्य उम्मेदवार बनाउने र बिषयमा गन्थन मन्थन गरेर टिकट दिने निर्णय पालिका समितिको समन्वयमा सर्वसहमति गराउने छु, यादवले बताएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host