मिति लोड़ीङ्ग हुँदैछ...

दर्ता चलानी खाली पाइएपछि नगराईनमा कर्मचारी र जनप्रतिनिधिबीच विवाद

 janaknandani today daily janakpurdham Upendra Yadav जनता समाजवादी पार्टी नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुरेन्द्र मण्डल     June 17, 2022     101 जनाले पढ़िसके

जनकनन्दनी समाचार दाता, असार ३ गते । दर्ता चलानी रजिष्टर खाली भएको पाइएपछि धनुषाको नगराईन नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवादले कामकाज ठप्प भएको छ ।
शुक्रवार आ आफ्ना योजना सम्बन्धमा जानकारी लिन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यालयमा पुगेर दर्ता चलानी रजिष्टर चेकजाँच गर्दा खाली पाइएपछि विवाद उत्पन्न भएको थियो ।
विवादको बढदै जाँदा प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी र जनप्रतिनिधि लगायत उनका समर्थकबीच घम्साघम्सी भएपछि कर्मचारीहरु कामकाम ठप्प पार्ने निर्णयमा पुगेका छन ।
त्यस्तै एमालेकै अर्का वडा नम्बर ९ का अध्यक्ष रामप्रमोद राउतले यहाँका हाकिम साहेब पुरानो मितिमा दर्ता चलानी गरिरहेको थाहा पाएपछि आफूहरु चेकजाँच गर्न आउंदा पाइएपछि त्यस्ता कार्य रोक्न भनेपछि विवाद भएको बताए ।
उनले भने पछिल्लो पटक मेयर साहेबको बैठकमा सबै दललाई समेटेर जनताको हितका योजनाहरु प्रस्तावमा लगेर कार्यान्यन गर्ने भनेको थियौ । तर मेयर साहेबले एकलौटी ढंगले आफ्ना कार्यकर्ताहरुको योजनाहरु पुरानो मितिमा कार्यान्वयन गर्नु गलत हो, आफूहरु प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेका छौं । ।     ती कर्मचारीहरुले यदि कुनै त्रुटि भएको छ भने कारवाही गर्ने निकायमा जानुपथ्र्यो न कि कामकाज प्रभावित गर्नुपर्छ बताएका छन ।
एमालेबाट निर्वाचित जनप्रतिनिधहरुले कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादवको निर्देशनमा कर्मचारीहरुले उनका कार्यकर्ताहरुको पुराना योजनाहरु समावेश गर्न दर्ता चलानी रजिष्टर खाली छाडेको आरोप लगाएका छन ।
घटना बारे नगराई नगरपालिका वडा नम्बर ८ का अध्यक्ष संजयकुमार राउतले भने महिनौदेखि वडा नम्बर ६ को विद्यालयको योजना रोकेर राखेको कारण आफू बुझ्न आउंदा दर्ता चलानी रजिष्टर माघ महिनादेखि नै प्रत्येक पानाको बीच बीचमा ८÷१० जटा लाईन खाली पाइएपछि विवाद भएको बताए ।
उनले आफूहरु सबै दलका जनप्रतिनिधिलाई समेटेर एउटा समिति बनाए योजनाहरु वितरण गर्नुपर्ने आफूहरु पटक पटक मांग गर्दै आएपनि मेयरले कुनै चासो नलिई आफ्ना कार्यकर्ताहरुको योजना समेटन दर्ता चलानी रजिष्टर खाली छाडेर काम गराउनु गलत रहेको भने ।
केही व्यक्तिहरुले जनप्रतिनिधिहरुलाई उक्साएर आफू अनुकुलको योजना समावेश गराउन खोज्दा नभएछि विवाद गरेको कर्मचारीहरुले बताएका छन । कर्मचारीहरुको अनुसार विगतमा केही व्यक्तिले योजना प्रस्ताव गरेको थियो, त्यो के कति कारणले नपरेपछि अहिले तिनका जनप्रतिनिधिहरु निर्वाचित भएपछि तिनीहरुलाई उक्साएर विवाद गरेको हो ।
योजनाकै विषयमा विवाद भएको भन्ने कुरा बारे निर्वतमान जनप्रतिनिधि रामदुलार मुखियाले भने अरु अरुको योजना पुरानो मितिमा समावेश गरी सम्झौता गरेर कार्यान्वयन पनि गरिसकेको तर आफूहरुको महिनौअघि प्रस्ताव गरेको योजना दर्ता समेत नगरेको कारणले पनि विवाद भएको हो ।
यता कर्मचारीहरुले आफूहरुसँग दुव्र्यवहार गर्नेहरुलाई कारवाही नभएसम्म अत्यावश्यक काम बाहेक सम्पुर्ण काम बन्द गर्ने चेतावनी दिएका छन । उनीहरुले यदि कुनै कर्मचारी गलती गरेको छ भने कारवाही गर्ने निकायले कारवाही गर्छ, तर कार्यालयमा आएर कामकाज प्रभावित गर्नेगरी हुलहुज्जत गरे कर्मचारीलाई दुव्र्यवहार गर्नु, दर्ता चलानी रजिष्टर खोस्नु गलत रहेकोेले काम गर्ने वातावरण र दोषीमाथि कारवाही नभएसम्म कामकाज गर्ने बताएका छन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले केही व्यक्तिहरुले कार्यालयको कामकारवाही प्रभावित पार्न सुनियोजित दर्ता चलानीको बहाना बनाएर कार्यालयमा हुलहुज्जत र कर्मचारीहरुलाई दुव्र्यवहार गरेको आरोप लगाउंदै दोषीमाथि कारवाही नभएसम्म अत्यावश्यक सेवा बाहेक सम्पूर्ण काम गर्ने बताए ।
उनले भने कर्मचारीले कुनै गलती गरेको थियो भने कारवाही गर्ने सम्बन्धित निकाय हुँदाहँुदै कार्यालयमा दादागिरी शैलीमा हुलहुज्जत गर्नु, दर्ता चलानी रजिष्टर खोस्नु गलत हो ।
दर्ता चलानी रजिष्टर खाली बारे प्रमुख महतोले भने माघ महिना पछिल्ला हाकिम साहेब गएपछि कर्मचारीले क्लोज गर्न पाएन । आफू कार्यभार सम्भाल्दा कुनै पानामा खाली हुन सक्ला तर त्यो ठूलो कुरा होइन कार्यालय प्रयोजनका लागि केही लाईन खाली छोडनुपर्छ, तर विवाद त्यो होइन व्यक्तिगत स्वार्थ पुरा गर्न केही व्यक्तिले आफ्नो हैकमवादी देखाउन खोजेको मात्र हो । काम गर्ने वातावरण र दाेषीलाई कारवाही नभएसम्म कामकाज ठप्प हुन्छ ।

प्रतिकृया दिनुहोस्
prabhu host