मिति लोड़ीङ्ग हुँदैछ...

पाँच बुदे सहमतिपछी निहारिकाले अनशन तोडिन्।

 संवाददाता    June 17, 2022     100 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, असाढ ३ गते
बिगत २७ गते जेष्ठदेखि न्यायको माग गर्दै आमरण अनशनमा बसेकी निहारिका राजपुत र गृहमन्त्रालय बीच ५ बुँदे सहमतिमा राजपुतले अनशन तोडेकी छन्।

विभिन्न पाँच बुँदे माग राख्दै आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर-९ की निहारिका राजपुतले अनशन तोडेकी छन्। बिहीबार बेलुका सरकारसँग ५ बुँदे सहमति भएसँगै गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर अनशन तोडेकी हुन्।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग यी बिषयहरुमा सहमती गरेको छ। दुई पक्षबीच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाको छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनको छोराको सुरक्षा आवास लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री न्याय बनाउन पहल गर्ने लगायत सहमति भएको छ।

सहमतिपत्रमा गृहमन्त्रालयका सहसचिब शिबराम पोखरेल, उपसचिब बसन्त भट्टराई, निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुवरले हस्ताक्षर गरेका छन्।

प्रतिकृया दिनुहोस्
prabhu host