दिनेश प्रसाद यादव रामअशिष यादव
May 19, 2022
114 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ५ गते
धनुषा जिल्लाको सहिदनगर नगरपालिकाका जनता समाजवादी पार्टी (जसपा) नेपालले जित पारेको छ । पालिकाको पाँच बर्षे कार्यकालका लागि मेयरमा दिनेश प्रसाद यादव बिजयी भएका हुन् । मेयरले ५ हजार ७ सय ४३ मत ल्याएका छन् ।
पालिका कार्य समितिका नगर अध्यक्ष समेत रहेको यादवको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता सुधीर गोइत ४ हजार १ सय ५ मतले पाएका हुन् ।
सहिदनगर नगरपालिकाको ९ वटा वडामध्ये कांग्रेस वडा नम्बर १, २, ४, ७ र ९ मा विजय भएको छ । नेकपा माओवादी केन्द्रले वडा नम्बर ५ र ८ मा विजय भएको छ । भने जसपाले वडा नम्बर ३ र ६ मा विजय हाँसिल गरेको छ ।