मिति लोड़ीङ्ग हुँदैछ...

धनुषा क्षेत्र नम्बर-३ जसपामा प्रवेशको लहर।

 संवाददाता    April 12, 2022     66 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, चैत २९ गते
धनुषा निर्वाचन क्षेत्र नम्बर-३ मा केही महिना यता नेपाली कांग्रेस, एमाले र लोसपा लगायत अन्य पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्नेहरुको लहर नै लागेका छन् ।

आज मात्रै लोसपाबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका वडा-६ का निर्वाचित वडाध्यक्ष जगरनाथ साहको नेतृत्वमा दर्जनौ नेता तथा कार्यकर्ताहरुले जसपामा प्रवेश गरेका हुन ।

जनकपुरधाम स्थित वेलकम होटलको सभाकक्षमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको हाथबाट टिका र गम्छा लगाई जसपा प्रवेश गरेका हुन ।

जनकपुरधाम उपमहानगरपालिकाको नगर अध्यक्ष बिष्णुदेव साहको अध्यक्षतामा भएको कार्यक्रममा जसपा केन्द्रिय सदस्य एवम् जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह, इजराइल रिजबी, प्रदेश सदस्य ममता मण्डल, धनुषा पशुपति यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, समाजवादी युवा संघ धनुषा अध्यक्ष दिपेन्द्र कापरी विद्यार्थी नेता बलिराम कापरी, सरोज यादव, रामभगत र रितिक सिंह उपस्थिति थिए ।

नवप्रवेशीहरुमा वडा नम्बर-६ कै निर्वाचित सदस्य हसिना खातुन, लोसपा नेता नुरुल कवारी, शहीदनगर नगरपालिकामा तत्कालिन राजपाबाट उपमेयरका प्रत्यासी लक्ष्मी महतो, रंजित ठाकुर, कविता राम, पुजा राम, उपेन्द्र पासवान, जनकपुर ७ का योगेन्द्र चौधरी सहितका रहेका छन ।

प्रतिकृया दिनुहोस्
prabhu host