मिति लोड़ीङ्ग हुँदैछ...

मलद्वार नभएका शिशुलाई म्याक्स अस्पतालद्वारा सफल शल्यक्रिया

 संवाददाता    June 30, 2022     170 जनाले पढ़िसके

मोरङ असार १६ गते। विराटनगरस्थित म्याक्स अस्पतालले मलद्वारविहीन अवस्थामा जन्मिएका २ दिने नवजात शिशुलाई चिकित्सकहरुले सफल शल्यक्रिया गरिएका छन्।

उदयपुरमै सामान्य अवस्थामा जन्मिएका शिशु मलद्वार नभएका कारण जन्मिएको केहि घण्टापछि नै शिशुको पेट फुल्दै गएको परिवारजनले बताए। शिशुमा गम्भिर समस्या देखिएपछि परिवारजनले उपचारका लागि म्याक्स अस्पताल बिराटनगरमा लगेपछि चिकित्सकले ‘एनोरेक्टल मालफर्मेशन’ गम्भिर समस्या रहेको बताएका थिए। त्यसपछि चिकित्सकहरुले मलद्वारको शल्यक्रिया गरिएको थियो।

चिकित्सकहरुले ती नवजात शिशुको शल्यक्रिया गरेर तत्कालका लागि पेटको देब्रे कुनाबाट अस्थाई मल निष्काशन प्रणाली बनाई दिएका छन । शिशुको ६ महिनापछि दोश्रो पटक र ९ औ महिनामा तेश्रो पटकगरि थप दुईवटा शल्यक्रिया गरेर प्राकृतिक अवस्थाकै मलद्वार प्रणाली विकास गरिने चिकित्सकहरुले बताएका छन्।

असार ९ गते गम्भिर अवस्थामा अस्पताल ल्याइएका शिशुको सोहि राति अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डा. फरेन्द्र शाहको नेतृत्वमा अस्पतालका पेडियाट्रिक सर्जरी टिमका बरिष्ठ सर्जन डा. रामाशंकर यादवको टिमले सफल शल्यक्रिया गरेको थियो।

शल्यक्रियापछि शिशुको स्वास्थ्य अवस्थामा राम्रो सुधार भईरहेको र आउदो एक दुईदिनमैं डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। ‘एनोरेक्टल मालफर्मेशन’ नामक यो रोग हजारौं नवजात शिशुमध्ये कुनै एकमा देखापर्ने समस्या रहेको चिकित्सकहरुले बताएका छन।

यो रोगको शल्यक्रियामा मृृत्यूदर समेत अत्यधिक रहेको चिकित्सक साहले बताउनुभएको छ। प्रदेश एकमा यसप्रकारको जटिल रोगको शल्यक्रिया सेवा म्याक्स अस्पतालमा मात्र उपलब्ध रहेको अस्पतालले दाबी गरेको छ।

प्रतिकृया दिनुहोस्
prabhu host