मिति लोड़ीङ्ग हुँदैछ...

फुटेर चुनाव मधेसी जनताको घाटा हुने: अध्यक्ष यादव

 संवाददाता    June 8, 2022     96 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ २५ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भने मधेसीबादी दलले फुटेर चुनाव लडेमा मधेसी जनताको घाटा हुने बताएका छन् ।

जनकपुरधाममा प्रेस मञ्च धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि फुटेर होइन जुटेर मधेश विकासका लागि एकतावद्व भई चुनाव लडन आहवान समेत गरेका छन् ।

बिगतमा केपि ओलीको जालझेलमा फँसेर सरकारमा भई पार्टीबाट अलग हुनु भयो । फुटको परिणाम आज हामीसंगै छ । त्यसैले अगामी निर्वाचनमा पुनः एक भएर जाँउ उनले लोसपाका नेताहरुलाई आहवान गरेको छ । उनले लोसपालाई एकताका लागि कुनै पनि बेला स्वागत गर्न तयार रहेको बताए ।

अध्यक्ष यादवले यसअघि निर्वाचन क्षेत्र निर्धारण हुँदा मधेशको जनसंख्या मात्र ४६ प्रतिशत रहेको र अहिले बढेर ५३ प्रतिशत भएको भन्दै ५३ प्रतिशत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने समेत बताएका छन् । चुनाव अगाडि नागरिकता विद्ययेक पारित गरि सजह नागरिकता वितरणको व्यवस्था र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने उनको माग गरेको छ ।

प्रतिकृया दिनुहोस्
prabhu host