मिति लोड़ीङ्ग हुँदैछ...

वर्षायाम शुरू भएसंगै कमला नदीकाे बांध निरिक्षण

 संवाददाता    June 18, 2022     228 जनाले पढ़िसके

वर्षायाम शुरू भएसंगै कमला नदीकाे बांध निरिक्
जनकपुरधाम, असार ३ गते । बर्षायाम सुरुवात भएसंगै कमला नदीमा बाढी र कटानबाट हुन सक्ने जोखिम न्यूनीकरण को लागि पुर्व तयारी शुरू गरिएकाे छ ।
बाढी र कटानबाट हुन सक्ने जोखिम न्यूनीकरणको लागि पुर्व तयारी स्वरूप बांध अनुगमन निरिक्षण गरिएकाे छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलकाे संयोजकत्वमा भारतीय सीमावर्ती क्षेत्रदेखि जनकनन्दनी देखी राजमार्ग सम्म निरक्षण गरिएकाे जनाइएकाे छ । साे निरिक्षणकाे क्रममा धनुषा जिल्लामा कमला नदी बांध र तटहरूकाे अवस्था बारे जानकारी लिएका छन । वर्षायाम शुरूअघि नै बांध र तटहरू मरम्मत सम्भार गर्ने निष्कर्ष निकालिएकाे प्रमुख जिल्ला अधिकारी पाैडेलले जनाएकाे छ ।
साे निरिक्षणमा कमला नदी नियन्त्रण आयोजनाका प्रमुख डि.ई. बिष्णुदेव यादव, नेपाल प्रहारीका डि.एस.पि.,शस्त्र प्रहरी का डि.एस.पि., नेपाली सेनाका कर्नेल,नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापती नरेश प्र.सिंह, आयोजनाका इन्जिनियर, कमला नगरपालिकाका नगर प्रमुख बिसेश्वर यादव, सहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश यादव, सबैला नगरपालिका का नगर प्रमुख कारीराम यादव, गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जित नारायण यादव र कमला बचाउ अभियानका सन्योजक बिक्रम यादव लगायतका व्यक्तिहरूकाे उपस्तिथि रहेको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host