मिति लोड़ीङ्ग हुँदैछ...

मेयरको सेटीङ्ग र प्रहरीको निकम्मापनले सचेतक साहमाथि आक्रमण।

 जनता समाजवादी पार्टी नेपाल प्रमोद साह     April 3, 2022     145 जनाले पढ़िसके

न्युजडस्क/जनकपुरधाम, चैत २० गते
सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक बिस्तार र छुट्टाएर बाँकी जग्गामा फुलोजर युवा क्लबको भवन बनाउने कि बाटो बनाउने विषयमा झडप भएको हो । क्लबको घर सारेर बाटो फराकिलो बनाउने विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य एवम् प्रमुख सचेतक प्रमोद साहको टाउको फुटेको अबस्था गम्भीर हुँदा उपचार अहिले काठमाडौँको मेडिसिटी अस्पतालमा भैरहेको छ ।

सचेतक साहले भने, आफूमाथि योजनावद्ध ढंगले आक्रमण मेयरको सेटीङ्गमा भएको उल्लेख गरेका छन् । पछाडिबाट अचानक धारिलो हतियारले आफूमाथि प्रहार भएको उनले बताए । गृहमन्त्री बालकृष्ण खाँण अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्रीले घटनाको छानबिन गरी दोषीउपर कारबाही हुने बताएका छन् । फेरि साहले भन्नुभयो, त्यहाँको मेयर र प्रहरी प्रशासनको मिलेमतोमा योजनाबद्ध रुपमा म माथि आक्रमण गराइएको हो । यसमा सबैभन्दा बढी भूमिका इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी अधिकृत जनकराज ढुंगेलले खेल्नु भएका छन् ।

एक पत्रकारले सोधेको प्रश्नमा प्रहरी अधिकृत ढुंगेलले अंगरक्षकको पेस्तोल आफूहरुसंग भएको दाबी गरेको भिडियो बाहिरिएको छ । जबकी साहका अंगरक्षकले पेस्तोल आक्रमणकारीले खोसेर लगेको समेत भिडियो बाहिरिएको छ । यसले पनि अधिकृत ढुंगेल झुटो बोलेको पुष्टि भएका छन् । आखिर पेस्तोल कहाँ छ, कसले बेपत्ता बनाए, यो प्रश्न गम्भीर छ । सचेतक साहले सांसदमाथि आक्रमण गरि अंगरक्षकको पेस्तोल खोसेपानी अपराधीलाई समात्न नसक्नु प्रहरी प्रशासनको कायरता भएको बताएका हुन् ।

प्रतिकृया दिनुहोस्
prabhu host