न्युजडेस्क/जनकपुरधाम, असाढ १० गते
धनुषाको कमला नगरपालिकाको अगामी आर्थक वर्ष २०७९/८० को लागि कुल ५७ करोड ३६ लाख ५३ हजार बजेट विनियोजन गरेको छ।
जसमध्ये वडाहरुमा ६ करोड ३० लाखको बजेट कुल जम्मा विनियोजन गरिएको छ। जुन वडा कार्यालयहरुलाई खर्चको क्षमता तथा खर्चको आवश्यकता अनुसार आवश्यक सुचांकको आधारमा वितरण गरिनेछ । त्यस्तै विषयगत शाखाहरुमा २ करोड ५ लाख विनियोजन गरिएका छन्। भने लक्षित सहुलियत कार्यक्रम, परामर्श सेवा लगायत विभिन्न विषयमा तथा पुजीगत निर्माण तथा मर्मत सम्भारमा अत्यधिक जोड दिइएका हुन्। शिक्षा, स्वास्थ्य, कृषि तथा पशु लगायत मानवीय विकास जोड दिइएको छ । समपुरक अनुदानबाट संचालन हुने योजना तथा कार्यक्रमहरु संचालन गर्न प्रदेश सरकार तथा संघीय सरकारका विभिन्न निकायहरुसँग समन्वय गरि बजेट माग गरि संचालन गरिने छ ।
बिगतमा सम्पन्न हुन नसकेका योजनाहरुलाई आ.व ०७९/८० मा सम्पन्न गर्न सोही अनुसार बजेट विनियोजन गरिएको छ। साथै विषयगत निकाय तथा साझेदारहरुबाट प्राप्त बजेट कार्यक्रमकै आधारमा खर्च गर्ने व्यवस्था गरिएको छ।
आ. व. २०७९/०८० को नीति, कार्यक्रम तथा बजेटको दस्तावेज तयार गर्नु आफैमा महत्वपूर्ण कार्य हो। त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिएन भने त्यसको कुनै अर्थ रहँदैन । तसर्थ नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाई जनताले राहत महशुस गर्ने व्यवस्था मिलाइने छ । त्यसको लागि सम्वद्ध सबैको सार्थक सहयोग आवश्यक पर्दछ।