मिति लोड़ीङ्ग हुँदैछ...

एकीकृत प्रगतिशील इन्जिनियर समूह उम्मेदवारहरुमा मतदान गर्न आग्रह।

 संवाददाता    March 9, 2022     200 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, फाल्गुन २५ गते
एकीकृत प्रगतिशील इन्जिनियर समूहको केन्द्रबाट केन्द्रीय सदस्य पदमा ई संजिव नारायण यादवले आफुलाई मतदान किन गर्ने ? भनेर चुनावी एजेन्डासहित प्रस्तुत भएका छन् । केन्द्रीय सदस्य पदको उम्मेदवार ई संजिव नारायण यादवले नेपालको समाजिक कार्य देखी लिएर ईन्जिनियरको हकहित सहित बेरोजगार साथीहरुका लागि रोजगार सिर्जाना गराउने कार्य देखी ईन्जिनियर साथीहरुसंग भईरहेको दमनको बिरोद्धमा युद्धस्तरमा अगाडी बढने, बिकाश र प्रविधि हस्तान्तरण गर्ने व्यक्तिको रुपमा चिनिन्छन्।

देश तथा विदेशमा रहनु हुने सम्पुर्ण इन्जिनियरहरुलाइ एकतावद्व गर्न र नेइएका गतिविधि जोड्ने प्रविधिको बिकाश गर्ने मुख्य चुनौती रहेको बताउँछन्। हरेक बर्ष हजारौं इन्जिनियरहरु उत्पादन भएका छन्। तर, तिनको रोजगारीको ग्यारेन्टीको लागि नेपाल सरकार र सम्बन्धित निकायहरुमा दरबन्दी बढाएर इन्जिनियरहरुको उचित व्यवस्थापनका लागि काम गर्ने र न्यूनतम र वैज्ञानिक पारिश्रमिक अनिवार्य लागू गर्ने मुद्धालाई आफ्नो चुनावी एजेण्डा स्वरुप जोडदार रुपमा उठाएका हुन् ।

ई यादवले भने, इन्जिनियर र आर्किटेकको एकतालाई हामीले मुख्य एजेन्डाका साथ अगाडी बढाएका छौ। उमेर हदको विषयमा पनि उनी असन्तुष्ट छन् र परिवर्तन गर्न चाहन्छु। मुख्यत यसभन्दा अगाडीका नेइएका टिमले उम्मेदवारका हकमा उमेर हदबन्दी राखेर नेइएलाई थप राजनीतिककरण गरेका छन्। जुन अप्रजातान्त्रिक र अप्रगतिशिल छ। यसलाई बदलेर सम्पुर्ण नेइए सदस्यले स्वस्फूर्त उम्मेदवारी दिन पाउने व्यवस्था गर्ने मेरो प्रतिवद्धता छ।’

विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुलाई विशेष व्यवसायिक स्वास्थ्य र सुरक्षाको व्यवस्था गरिनेछ । नेइएलाई राजनीतिक रुपमा ग्रसित हुनबाट बचाइ विशुद्ध पेशागत, निश्पक्ष, पारदर्शी समाबेशी र समाजबादको बाटोमा लैजानको लागि मेरो उम्मेदवारी रहेका छन्।

साथै उहाँले सम्पूर्ण ईन्जिनियर आर्किटेक्ट समाजसंग आफनौ क्रम संख्या नम्वर १ मा मत सहित सातै प्रदेश र केन्द्रीय टिमको नेतृत्व अध्यक्ष पदको उम्मेदवार डा. हरिराम पराजुली टिमलाई मतदान गर्न आग्रह गर्नु भएको छ।

प्रतिकृया दिनुहोस्
prabhu host