मिति लोड़ीङ्ग हुँदैछ...

सबैलामा मानसिक सन्तुलन गुमाएकी महिलामाथी बलात्कारको प्रयास, आरोपित पक्राउ

 संवाददाता    January 8, 2022     248 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, पौष २४ गते
धनुषाको सबैला नगरपालिका ९ मानसिक सन्तुलन ठीक नभएकी महिलामाथि बलात्कारको प्रयास भएको घटना सार्वजनिक भएका छन् ।

सबैला नगरपालिका वडा-९ भठिहन टोलमा शुक्रबार राती करिब ८ बजेको समयमा मुल चौक नजिक महिला बलात्कृतको प्रयास भएकी छिन् ।

बालात्कारको प्रयास गरेको आरोपमा करिब ५० वर्षको मुनेश्वर रायलाई सबैला प्रहरीले पक्राउ गरेको छ । मुलचौक सडक पेटिका साइड हाईवेमा शुक्रबार राती बलात्कारको प्रयास गरिरहेको बेला दर्जनौं युवाहरुले भिडियो समेत लिएका छन् ।

ती महिला चिचिउदा उनिहरु आएका थिए । लगत्तै ईलाका प्रहरी कार्यालय सबैलामा फोन गरेको थियोे । प्रत्यक्षदर्शीहरुले यसअघि पनि एक/दुई पटक बलात्कार गर्दै आएको बताए ।

पक्राउ परेको व्यक्ति र ती महिला स्वास्थ परिक्षणको लागि जनकपुर लगिएको प्रहरीले जनाएको छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host