संवाददाता
November 19, 2021
224 जनाले पढ़िसके
न्युजडेस्क/जनकपुरधाम, मंसिर ३
नेपालका लागि श्रीलंकाका राजदूत हिमाली शुभाषनि अरुणतलिकाले जनकपुरधामको पवित्र सरोवर गंगासागरमा गंगाआरतीमा सहभागी भएका छन् ।
मिथिला अबध संस्कृति संरक्षण केन्द्रद्वारा मंसिर ४ गते जनकपुरधाममा आयोजन गरिने नेपाल, भारत र श्रीलंका सहित तीनै देशमा रामायण सर्किट निर्माणका लागि जनकपुर क्षेत्रका राजनिती दल, समाजसेवी, बुद्धिजीवी, बिज्ञहरुको सहभागीता रहने छ । साथै त्यही कार्यक्रम सहभागी हुन आउनु भएकी श्रीलंकाली राजदूत हिमालीले गंगाआरती गरि जनकपुरधाम र संस्कृतिको प्रशंसा गर्नुभएको हो ।
सो अवसरमा सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक अध्यक्ष तथा प्रदेश सांसद रामअशिष यादवले राजदूत हिमालीलाई दोसाला र माला लगाई सम्मान गरेको थियो ।