मिति लोड़ीङ्ग हुँदैछ...

चिनमा मुस्लिममाथी दमन भैरहेको: प्रवक्ता अकरम

 संवाददाता    November 12, 2021     365 जनाले पढ़िसके

न्युजडेस्क/कपिलवस्तु, कार्तिक २६
जनता समाजवादी पार्टी (जसापा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई हिजो कृष्णनगर नगरपालिकामा कार्यक्रममा सहभागी हुने आएका बेला जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमानको अगुवाईमा स्वागत आफ्नै निवासमा गरिएको थियो ।

अध्यक्ष यादवका साथ पूर्व मंत्री दान बहादुर चौधरी, जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा नेपालका केन्द्रिय सदस्य नरसिंह चौधरी लगायतको आगमन रहेको थियो । मुस्लिम समाजका जानकार तथा विद्वान उलेमा हजरातका साथ जागरूक व्यक्ति तथा आम नागरिक उक्त स्वागतमा सामेल भएका थिए ।

चिनमा उइगर मुस्लिममाथी भएको घटनाहरु चिनको आन्तरिक बिबाद हो, यसमा अन्तर्राष्ट्रिय समुदायको जानकारी छ र चाइनाले आफै समाधान गर्न सक्षम छ । उनले भने

मधेसी समुदायको बारेमा कुरा राखेको आ-आफ्नो समस्या तथा आफ्नो हक अधिकारको कुरा आफै सचेत हुन् । साथै पार्टीको विस्तृत रूपमा बिधि, प्रक्रिया र नितिहरुको बिषयमा अध्यक्ष यादवले बताएका हुन् ।

नेपाल सरकारसंग समस्याको समाधानका निम्ति हाम्रो पार्टी प्रयासरत रहेको, जसको परिणाम छिट्टै आउने संकेत दिनुभयो । उहाँले भने, जनतालाई आफ्नो अधिकारका लागि संघर्ष जारी राख्नुपर्छ । तब मात्रै गरीब, असहाय, व्यापारी, बेरोजगार लगायत समस्याको समाधान हुने देखिन्छ ।

आफ्नै निवासमा उपस्थित भएको सम्पूर्ण साथीहरुलाई धन्यवाद दिदै प्रवक्ता अकरमले हाम्रो पार्टीले प्रदेश नम्बर-२ को मुख्यमंत्रीमा मुस्लिम समुदायबाट नै बारेमा जिक्र गरेको थिए ।

प्रतिकृया दिनुहोस्
prabhu host