मिति लोड़ीङ्ग हुँदैछ...

जनकपुर भन्सार कार्यालयद्धारा लक्ष्य अनुरुपको राजश्व संकलन,कार्यालय अन्यत्र सर्ने सम्भावना

 janakpur bhansar janakpurdham vansar     January 25, 2019     1659 जनाले पढ़िसके


दिपक कर्ण÷प्रमोद साह
जनकपुरधाम,माघ ११ गते ।
जनकपुर भन्सार कार्यालयले लक्ष्य अनुरुप नै राजश्व संकलन गरेको छ । जनकपुर भन्सार कार्यालय अन्तर्गत रहेको लग्मा–जटही छोटी भन्सार कार्यालयले पुस मसान्त सम्ममा ८ करोड ३२ लाख ३३ हजार १ सय १७ रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष ०६४÷६५ मा १३ करोड ८ लाख ९० हजार ३ सय ५ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन भएको जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर कुमार मिश्रले बताएका छन । प्रमुख मिश्रका अनुसार भन्सार कार्यालयमा म्यानपावरको कमीका कारण चाहे जस्तो लक्ष्य प्राप्ती हुन नसकेको बताउँदै राजश्व संकलनमा ७ जनाको दरवन्दी रहेकोमा ५ जना कर्मचारी मात्र रहेको बताए । जनकपुर रेल्वे बन्द भएपनि सरकारले जनकपुर भन्सार कार्यालयलाई दिएको लक्ष्य अनुरुपनै राजश्व संकलन भइरहेको बताउँदै प्रमुख मिश्रले राज्यको अन्य भन्सार भन्दा जनकपुर भन्सारमा कम राजश्व संकलन हुदंै आएको बताए ।
उनले भारतीय नम्वरको गाडी जनकपुरधाममा बढि भएको र यो आमसमस्याको विषय रहेको बताउँदै उनले यसबाट राजश्वमा छली हुदंै आएकोले यसलाई समाप्त गर्नका लागि जटही भन्सारलाई पुर्ण अधिकार दिएर स्थायी पैठारी दिने र जनकपुरधामबाट म्याद थप्ने कार्य सुरु गरिएको समेत बताए ।
यसैबिच,जनकपुरधाममा रहेको जनकपुर भन्सार कार्यालय इनर्वा रेल्वे स्टेशनमा सर्ने सम्भावना रहेको खुलेको छ । जनकपुरधामको मुख्य रेल्वे स्टेशन कुर्थामा बनेपछि स्टेशन एरियामा रहेको भन्सार कार्यालय सार्न लागिएको हो । कुर्था स्टेशनमा भौतिक पुर्वाधार पायक पर्ने नभएकोले भन्सार कार्यालय इनर्वामा सर्ने स्रोतको दावी छ ।
यता जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर कुमार मिश्रले भन्सार कार्यालय कहाँ सर्ने विषयमा अहिलेसम्म औपचारिक रुपमा निर्देशन प्राप्त भएको नभएको बताउँदै अर्थमन्त्रालयले राजप्रत्रमा प्रकाशित गरेपछि भन्सार विभागले आदेश वमोजीम नै भन्सार कार्यालय स्थापना गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्
prabhu host