मिति लोड़ीङ्ग हुँदैछ...

धनुषाको कमला नगरपालिकामा पुनः बिवाद

 संवाददाता    May 16, 2019     1843 जनाले पढ़िसके

 उपमेयर भन्छिन मेरो उपेक्षा गरीयो सवारी सुबिधा नपाएको गुनासो

जनकनन्दनी समाचारदाता,जनकपुरधाम – पटक पटक बिवादित बन्दै आएको धनुषाको कमला नगरपालिका पुनः बिवादित बनेको छ । उपमेयर शिलादेवी मंडलले हरीयोपाटी सँग कुरा गर्दै उममेयर मंडलले आफुलाई उपेक्षित गरिएको बताएकी छन् ।

निर्वाचित जनप्रतिनिधि भएर पनि कुनै काम गर्न नसकेको भन्दै हिनताबोध हुने गरेको टिप्पणी गरीन । हरीयोपाटी सँग कुरा गर्दै उपमेयर मंडलले नगरपालिकामा २ वटा गाडी १५ वटा मोटरसाइकल र पुरानो गाविस हुँदाको ६ वटा मोटरसाइकल रहेपनी आफुले यातायात सुबिधा पाउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरीन ।

नगरपालिकाका मेयर राम उद्वगार गोइत कर्मचारीको प्रभावमा परेर आफ्नो उपेक्षा गरेको उनको आरोप थियो । आफुलाई भाडाको सवारी चढ्न दिनको २ हजार उपलब्ध गराउने भने पनि तेल, ड्राइभर खर्च सहित दिनको २ हजारले सवारी ब्यबस्थापन असम्भव भएकोले आफुले उक्त सुबिधा नलिएको उपमेयरको भनाई छ । त्यस्तै मेयर र उपमेयरलाई महिनाको १५ सय दिने निर्णय गरीएपनी अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो गरीन ।

बिकास निर्माणको काममा समेत मेयरले मनोमानी गर्ने गरेको भन्दै वडा नम्बर ९ को बिकास निर्माणको लागि वडा नम्बर ३ मा उपभोक्ता समीती समिति बनाएर अनियमितता गर्न खोजेको उनको आरोप छ । स्थानीय उपभोक्ता समिति बनाउनुपर्ने नगरपालिकाको निर्णयको विरुद्धमा गएको उनको टिप्पणी थियो ।

स्थानिय न्यायिक समितीको प्रमुख आफू भएपनी अहिलेसम्म न्यायीक ईजलास गठन गर्न तर्फ कुनै काम अगाडि नबढेको बताउँदै आफ्नो एकल प्रयासमा ११८ उजुरीको सुनुवाइ गरीसकेको उनले जानकारी दिईन ।

मेयर, उपमेयर वडा अध्यक्ष र कर्मचारी समेत मिलेर नगर अगाडि बढ्नु पर्नेमा मेयर कर्मचारीको पछाडि मात्रै दौडिएकोमा आश्चर्य व्यक्त गरीन । न्यायिक समिति, अनुगमन समिति, योजना तर्जुमा समितिको समेत प्रमुख भएपनि न्यायीक समिति भन्दा बाहेक अन्य समितिमा आफ्नो नाम मात्रै रहेको र कार्यसंचालनमा भने त्यसो हुन नसकेको उनको भनाइ छ ।

भ्रष्टाचार भएको आशंकामा अख्तियारले पत्र पठाएको भएपनी त्यो समेत आफुले कर्मचारी बाट थाहा पाएको भन्दै मेयरले सुचना समेत लुकाउने गरेको आरोप लगाईन यस बिषयमा मेयर सँग कुरा गर्ने पटकपटकको प्रयास भने सफल हुन सकेन ।

प्रतिकृया दिनुहोस्
prabhu host