मिति लोड़ीङ्ग हुँदैछ...

धनुषामा जनमत पार्टी पहिलो जित।

 डा. सि के राउत     May 20, 2022     181 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ६ गते
डा. सि के राउतको नेतृत्वमा रहेको जनमत पार्टी धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा पहिलो वडा अध्यक्षमा नन्दकिशोर यादवले निर्वाचित भएका छन् ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-९ को सम्पन्न मतगणना अनुसार वडा अध्यक्ष पदको उम्मेदवार नन्दकिशोर यादवले ३ सय २५ मत ल्याएर निर्वाचित भएका छन् । भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वडाअध्यक्ष पदका उम्मेदवार भरत यादवले २ सय ८७ मत पाएर पराजित भएका छन् ।

जनमत पार्टीको धनुषा जिल्ला भरीमा पहिलो जित भएको हो । यसमा पार्टीका नेता तथा कार्यकर्ताहरु खुशी भएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host