मिति लोड़ीङ्ग हुँदैछ...

मुखियापट्टी मुसहरनियामा जितेन्द्र यादवको सक्रियतामा जयकुमार यादव विजयी।

 जितेन्द्र यादव र जयकुमार यादव     May 19, 2022     29 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ५ गते
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट अध्यक्ष पदको उम्मेदवार जयकुमार यादव तथा उपाध्यक्ष पदको उम्मेदवार सैदा खातुनको विजय भएका छन् ।

उनले ५ हजार ४ सय १० मत ल्याएर विजय भएका हुन् । भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामबाबु यादवले २ हजार ४ सय ५५ मत ल्याई पराजित भएका हुन् । यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुनले ४ हजार ४ सय १४ मत ल्याएर विजय भएकी छिन् । भने उनको निकटतम प्रतिद्वन्दी नेपाल कांग्रेसकी अनिता कुमारीले ३ हजार १ सय ५२ मत ल्याई पराजित भएकी छिन् ।

मुखियापट्टी मुसरनिया गाउँपालिकामा ६ वटा वडा रहेको वडामा चारवटामा जसपा र एउटामा नेपाली कांग्रेस र एउटामा नेकपा एकिकृत समाजवादी पार्टीले जित हात पारेर चित बुझाएका छन् ।

जसपा निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष एवम् निर्वाचन समिति सदस्य युवानेता जितेन्द्र यादवको विशेष पहल र सक्रियताले धनुषा क्षेत्र नम्बर-३ र जिल्लाभरी पार्टीका कार्यकर्ताहरुलाई उत्साहजनक सहयोग र समन्वय गरि मुखियापट्टी मुसरनिया गाउँपालिका जित्न सफल भएका छन् । भने जिल्लाको धनौजी गाउँपालिका, नगराइन नगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिकाहरुमा प्रतिस्पर्धा गर्न र वडाहरुमा जित्न सफल भएका हुन् ।

प्रतिकृया दिनुहोस्
prabhu host