मिति लोड़ीङ्ग हुँदैछ...

प्रस्तावित राजदूतद्वय राय र मिश्र नाम सर्वसम्मतले अनुमोदन।

 संवाददाता    May 24, 2022     174 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ १० गते
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा प्रस्तावित राजदूत श्रीलंकाका लागि वासुदेव मिश्र र डेनमार्कका लागि रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो । प्रस्तावित राजदूतद्वय राय र मिश्रविरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो ।समितिका सभापति लक्ष्मणलाल कर्णले मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत रूपमा राजदूतको नाम अनुमोदन गरेको बताए ।

‘हामीले लामो समयदेखि २० जना प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिरहेका थियौँ । समितिले दिनरात नभनी काम गरेको छ । उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो । उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रूपबाट छलफल गरेका छौँ । छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा. रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रश्तावित राजदूतलाई सर्वसम्मतले अनुमोदन गरेका छौँ, उनले भने । समिति सभापति कर्णले मिश्र र रायविरुद्ध परेका उजुरीबारे गहन छलफल गरेर अनुमोदन गरेको बताए ।

प्रतिकृया दिनुहोस्
prabhu host