मिति लोड़ीङ्ग हुँदैछ...

जनकपुरधाममा तेस्रो शहीदकप टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै

 संवाददाता    February 20, 2019     927 जनाले पढ़िसके

जनकनन्दनी समाचारदाता–
जनकपुरधाम,फागुन ८ गते ।
जनकपुरधाममा तेस्रो शहीदकप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । शहीदहरुको सम्झनामा लगातार तेस्रो पटक हुन लागेको शहीद कप क्रिकेट प्रतियोगिता चैत ९ गतेबाट सुरु हुनेछ ।
जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका संयोजक रुपेश कुमार सिंहले १० दिन सम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० वटा टिमलाई सहभागी गराउने लक्ष्य रहेको जानकारी दिए । प्रतियोगितामा प्रदेश २ बाट जनकपुरधाम र विरगञ्ज, प्रदेश १ बाट विराटनगर, प्रदेश ३ बाट काठमाडौँ, प्रदेश ४ बाट पोखरा र प्रदेश ५ बाट भैरहवा गरी नेपालबाट ६ वटा टिम र भारतबाट पटना, दरभंगा, मुज्जफरपुर र कानपुर टिम गरी ४ वटा टिम सहभागि हुनेछन् ।
प्रतियोगिताको उपाधी जित्ने टिमलाई ट्रफी, प्रमाण पत्रका साथै २ लाख ११ हजार नगद, दोस्रो हुने टिमलाई ट्रफी, प्रमाणपत्र र १ लाख ५ हजार नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिजलाई २१ हजार नगद तथा म्यान अफ दि म्याचलाई २ हजार १ सय नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
जनकपुरधामको रंगभूमी मैदानमा हुने सो प्रतियोगितामा २५ लाख रुपैयाँसम्म खर्च हुनसक्ने आयोजक पक्षको अनुमान छ । प्रत्येक वर्ष कात्तिक महिनामा हुंदै आएको सो प्रतियोगिता यसवर्ष डिपीएल सहित देशभरि कुनै न कुनै प्रतियोगिता भइरहेका कारण ढिलो हुन गएको संयोजक सिंहले बताए ।

प्रतिकृया दिनुहोस्
prabhu host