मिति लोड़ीङ्ग हुँदैछ...

कपिलवस्तुमा गर्भवती महिलाको हत्याको आरोपमा श्रीमान र ससुरा पक्राउ

 संवाददाता    February 4, 2022     205 जनाले पढ़िसके

न्युजडेस्क/कपिलवस्तु, माघ २१ गते
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका-८ निवासी अन्दाजी २१ बर्षीया रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारेको आरोपमा उनका श्रीमान र ससुरा पक्राउ परेका हुन् ।

विहिबार मृतक लाशलाई गाडी सतगत गरेको भन्ने मौखिक सूचनाको आधारमा उक्त घटनामा संलग्न रहेका मृतकको श्रीमान २२ बर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र निजको बुवा ५० बर्षीय अब्बास अलि भाटा मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको अनुसन्धान टोलिले निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान गर्दा मृतक २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले शुक्रबार लास उत्खननको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्र.ना.उ. धर्मराज भण्डारीको कमाण्डमा खटिईएको टोलिले घटनास्थलबाट लाश उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाईएको प्रहरीले जनाकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्
prabhu host