मिति लोड़ीङ्ग हुँदैछ...

सिरहाको अर्नामा गाउँपालिकामा पारदर्शिता गर्न स्थानियहरुको माग

 अर्नामा गाउँपालिका     January 3, 2022     228 जनाले पढ़िसके

महेश सिंह/सिरहा, पौष १९ गते
सिरहाको अर्नामा गाउँपालिकामा विकासको काममा अनियमितता भएको स्थानियहरुको आरोप रहेको छ ।

अर्नामा गाउँपालिका वडा २ को मैनावति खोलामा भएको पक्की पुल निर्माण, झोलुंगे पुल निर्माण, सरकारी गाडीको चरम दुरुपयोग, स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा समेत अनियमितता भएको स्थानियको आरोप रहेको छ । यसै सन्दर्भमा संबंधित वडाका एक संर्घष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएका छन ।

यस विषयमा अर्नामा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्णान्द सिंहले भने, ‘हामी सरकारी कर्मचारी हौ, जनताको करबाट सेवासुविधा पाईरहेका छौ । अर्को विकासको हरेक कुरा जनताले बुझ्न पाउने वहाँको अधिकार हो । जहाँसम्म अनियमितताको कुरा छ । मैले हाजिर भएको आ.व. देखिमा जति पनि ठुला कार्यहरु भएको छ । त्यो सब टेन्डर प्रक्रियाबाट नै भएका हो । टेन्डर जो कोहिले पनि हाल्न पाउछ, जसले लाईसेन्स पाएको छ, टेन्डर पर्छ उसैलाई जसले कमदरमा हाल्छ । अब पुल निर्माणको कुरा छ । यो म आएको भन्दा पहिले नै टेन्डर भईसकेको कुरा हो । यसमा मलाई केहि बोल्न उचित लाग्दैन । अरु कुरा समबन्धित विषयबालासंग नै सोध्दा राम्रो हुन्छ । वहाँले बताए ।’

संघर्ष समितिका अगुवा शशि कपुर महतोले जिकिर गर्दै भने, यो वहाँहरुको बहानाबाजी मात्र हो । सबैको मिलि भगत छ । अब हामी विकासको लागी लागी पर्छौ भएन भने चरनबद्ध आनदोलनका कार्यक्रम समेत अगाडी बढाउने बताए । यता यस विषयमा गाउँपालिका अध्यक्ष ठकु महतो कोईरीले कार्य व्यस्ताताको कारण पत्रकारलाई समय दिएन ।

प्रतिकृया दिनुहोस्
prabhu host