मिति लोड़ीङ्ग हुँदैछ...

दलित समुदायको मुख्य समस्या नागरिकता र जन्मदर्ता पनि रहेको: डा. बिश्वकर्मा

 संवाददाता    January 1, 2022     239 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, पुष १७ गते
राष्ट्रिय दलित आयोगका र ऐनपिआई संयुक्त आयोजनामा भएको कार्यक्रममा राजनिती दल, पत्रकार, दलित अधिकारकर्मी, अगुवाहरुको छलफलबाट वक्ताहरुले भने दलित समुदायको नागरिकमा पहुँच र महिला शसक्तीकरण नभएसम्म दलित समुदायको समग्र उत्थान हुन नसक्ने बताएका हुन् ।

एनपिआईको जातीय भेदभाव विरुद्वको परियोजनाले आयोजना गरेको दलित अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मुख्य समस्या नागरिकता र जन्मदर्ता पनि रहेको र नागरिकको पहिचान खुल्ने र सेवासुविधाका लागि अति आवयश्क नागरिकतानै नभएपछि लक्षितवर्ग दलित समुदाय सेवासुविधाबाट बञ्चित हुन पुगेको बताए ।

नेपाल सरकारका पुर्व सचिव डा. मानबहादुर विश्वकर्माले भने, बृद्वभत्ता पाउनकै लागि भएपनि बुढेसकालमा मात्र नागरिकताको जरुरी महसुश हुने भएकाले दलित समुदाय नागरिकताबाट बञ्चित रहेको पाइएको छ । यसमा विशेष अभियान नै चलाउन आवयश्क रहेको बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरुले नागरिकताभन्दा कामलाई विशेष प्राथमिकता दिइएकाले दलित समुदाय नागरिकता लिन नपाएको भन्दै भत्ता र सुविधाको व्यवस्था गरेर भएपनि नागरिकता लिन प्रेरित गर्ने बिशेश अभियान चलाउन आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा एनपिआईका प्रमुख सुरेन्द्र बोगटी, प्रदेश २ प्रतिनिधी बिनोद महरा सहितको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host