मिति लोड़ीङ्ग हुँदैछ...

प्रेमबिवाह पश्चात् बिवाहको बाधका बन्दै लहानका ३ समाज

 संवाददाता    November 16, 2021     268 जनाले पढ़िसके

महेश सिंह/सिरहा, कार्तिक ३०
दलित समुदायसंग गैर दलित समुदायले विहेगर्नु हालसम्म पनि समाजलाई स्विकार्य छैन् र यो नौलो बिषय पनि होईन । यदि दलित समुदायले गैरदलित समुदायसंग विहे गर्यो । भने त्यसको नराम्रो परिणाम परिवारले भोग्नु परिरहेको उदाहरणहरु धेरै छन् । यस्तै प्रकारको यातना खेपिरहेका छन् सिरहाको लहान नगरपालिका वडा नम्बर -३ का एक दलित विपन्न परिवार हुन् ।

सिरहाको लहान नगरपालिका वडा नम्बर-३ रघुनाथपुर बस्ने महेश साफी र पिंकि कामैत लामो समय देखि प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्धका कारण हतार-हतारमा केटा र केटी दुबैको संयुक्त सहमतिमा २०७८ कार्तिक ४ गते काठमाडौंको पशुपतिनाथ मन्दिरमा भागी विहे भयो ।

आफुहरुको कानुन सम्बत बिहे गर्ने उमेर नपुगेको बुझ्दा बुझदै गहिरो प्रेम सम्बन्धका कारण उनिहरु बिहे गरे । भन्छन् प्रेम अन्धो हुन्छ । केटाको कतारको लागि भिसा आईसकेको थियो । केटा कतार जाने भएकोले दुवैको सहमतिमा उनिहरु हतार हतार काठमाडौमा बिहे गरे । बिहे गरेको केही दिनमै केटा कतार गए । केटा हाल सम्म कतारमै छन् ।

केटाको विहे गर्ने उमेर पुरा भैसकेको छ , केटी नावालिक छिन् । केटिको उमेर करिव १८ बर्षको मात्र छ । यसैलाई मुख्य कारण बनाई केटीका वुवाआमा, समाज र परिवारका केही सदस्य लगायत सम्पुर्ण समाज अहिले केटाको परिवारलाई मानसिक र समाजिक रुपले यातना दिईरहेको छ ।

राती रातिमा गुण्डाहरु आई ढोका खोल्न भनिरहेको छ । धाक धम्कि दिनुको साथै मेरो देवरको श्रीमति सिमा साफी र माईली बुहारी सबिता साफीलाई मारपिट गरेको उनले सुनाइन् । मारपिटका कारण माईली बुहारी सविता साफिको करिब ३ महिनाको बच्चा खेर गएको छ । भने देवरको श्रीमती सिमा साफिलाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको उनी सुनाइन् ।

गैरदलित कामैत थरको केटीसंग विहे गरेको कारण अहिले पुरै समाजको मान्छेबाट केटाको परिवारले यातना सहनुपरेको केटाको आमा मन्तोरदेवी साफिले आज पत्रकार सम्मेलनमा उक्त कुरा बताइन् । मेरो ईज्जत् तिमिहरुले बर्वाद गर्यौ । अब तिम्रो सम्पुर्ण परिवारको ईज्जत् हामीले बर्बाद गर्छु । भनेर पटकपटक केटीको परिवारबाट धम्की आईरहेको उनले सुनाईन् ।

केटीलाई केटीको आमा वुवाले बिहे गर्ने तयारी गरेकोले हाल केटी फरार रहेको छ ।छोरा हाल कतारमा छन् । छोरासंग बुहारीको कुराकानी हुन्छ् । बुहारीले छोरालाई फोन गर्दा तिमी बिना म बाच्न सक्दिन, भन्ने गरेको कुरा छोराले फोन मार्फत मलाई सुनाउने गरेको केटाको आमाले बताईन् । मलाई अर्को बिहे गरिदियो भने म बाच्न सक्दिन भनेर बुहारीले छोरालाई भन्छन् ।

केटी पक्षधरले उल्टै छोरीको अपहरण र बलात्कारको मुद्दा ईलाका प्रहरी कार्यालय लहानमा दर्ता गराएको छ । प्रहरीले अनुसन्धान नै नगरी विभिन्न नेताको दवावमा मुद्दा दर्ता गरिसकेको छ । प्रहरीले आफ्नो श्रीमान् (केटाको बुबा) शत्रुधन साफिलाई पक्राउ गरिसकेको छ । देवरको श्रीमती सिमा साफीलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको थियो । केही घण्टापछि प्रहरीले उनलाई छोडेको सुनाईन् ।

झुठा मुद्दा लगाएर परिवारलाई फसाउन खोजेकोले न्यायका लागी प्रहरी प्रशासनसंग साफीको सम्पुर्ण परिवारले पत्रकार सम्मेलन मार्फत गुहार गरेका छन् ।

प्रहरी, प्रशासन र समाज सबै उनैको पक्षमा छन् । बारम्बार केटी पक्षको समूह आएर ज्यान मार्ने धम्की दिने गरेको छ । बुहारीको उमेर नपुगेकोले हामी प्रहरीको समक्ष उनको छोरीलाई परिवारको जिम्मा दिएको थिए । अर्को बिहे गराईदिन्छु भन्दा उनी घर छोडेर भगेकोमा हाम्रो परिवारको के दोस । आमा मन्तोरदेवि साफिको भनाई छ ।

प्रतिकृया दिनुहोस्
prabhu host