मिति लोड़ीङ्ग हुँदैछ...

जनकपुरमा विद्यार्थी संगठनले आज ‘संविधान प्रदर्शन’

 संवाददाता    July 5, 2021     540 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, असार २१
प्रदेश-२ का अस्थायी राजधानी जनकपुरधामको भानुचौक देखि जनकचौकमा मार्चपास सहित प्लेकार्ड बोकेर संयुक्त विद्यार्थी संगठन धनुषाले आज जनकपुरधामको जनकचौकमा संविधानको अतिक्रमण गरिएको विरुद्ध ‘संविधान प्रदर्शन’ गर्नु भएको छ ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनको सहभागिता रहेको थियो । प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संयुक्त विद्यार्थी संगठनले लगाएका छन्।

सो क्रममा प्रदर्शनकारिले जनकपुरको भानुचौक देखि जनकचौक सम्म मार्च पास गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेको छ । प्रदर्सनकारिले कानुनी राज्य कायम गर, संविधानको धारा ७६ लागू गर, प्रतिगमन गर्न पाइदैन, लगाएतका नारा लगाएको ’ भन्दै संविधानको किताब समेत प्रदर्शन गरेका थिए ।

सो कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य रक्की प्रसाद साहले मन्तव्यको क्रममा केपि ओलि प्रतिगमनकारी रहेको संविधानले पुष्टि गरेको बताए । प्रतिगमनका विरुद्धमा रहेका विपक्षी गठबन्धनको हिजो प्रहरीको सहयोगमा पुत्ला दहन गराएको आरोप लगाएको छन् ।

यस कार्यको लागि धनुषा जिल्लाका एसपीको संयुक्त विधार्थी आन्दोलनले घोर भत्सर्ना गरेको बताएका छन् ।

समाजवादी विद्यार्थी युनियन धनुषा सचिब बलिराम कापरीले भने, ‘केपि ओलिको नैतिकताको आधारमा राजीनामा दिएर देश र जनतासंग माफी मांग्नु पर्छ । भने बताएका हुन् । सम्बोधन गर्ने क्रममा युनियनका नेता सुरेन्द्र यादव नेविसंघका नेता सन्जिव यादवले आफ्नो मन्तव्य समेत राखेको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host