रघुबिर महासेठ
May 20, 2022
27 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ६ गते
नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रिय सचिव तथा पुर्व मन्त्री रघुविर महासेठको घर भएको र भोट गरेको वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
शुक्रबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर-९ मा घर रहेको वडामा कांग्रेसका उम्मेदवार प्रमेश्वर साहले ३ सय ५६ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका वडाअध्यक्ष पदका उम्मेदवार बलिराम साहले ३ सय १७ मत पाएका छन् ।
यस्तै प्रमेश्वर साहसंग ३९ मतको झिनो मतान्तरले जसपा उम्मेदवार बलिराम साहले पराजित भएको छ ।