
न्युजडेस्क/जनकपुरधाम, वैशाख ६ गते
धनुषास्थित जनता समाजवादी पार्टी (जसपा) नेपाल औरही गाउँपालिका वडा-५ का समिति कार्यकर्ता भेला सम्पन्न भएको छ।
कार्यक्रममा प्रदेश सांसद रामअशिष यादवले भने, देशमा सम्पूर्ण मधेसी, दलित, आदिवासी जनजाति, मुस्लिम, पिछडावर्ग र महिला लगायतका हकअधिकारका लागि संघर्ष गर्ने एक मात्र पार्टी जसपा नेपाल हो, साथै स्थानीय तहको निर्वाचनमा एक जुट भएर जसपा पार्टीका उम्मेदवारहरुलाई जिताउन यसका लागि छाता छापमा मतदान गर्ने आग्रह समेत गरेका छन्।
औरही गाउँपालिका वडा-५ का वडा अध्यक्ष संतोष कुमार कर्णको अध्यक्षता वडास्तरीय चुनावी भेलामा धनुषा जिल्ला उपाध्यक्ष अम्भुप्रसाद साह, नगर अध्यक्ष कमलदेव मण्डल, स्थानीय नेता हबिब मन्सुरी, गोकुल मंडल, वार्ड प्रत्यासी उम्मेदवार सरोज कुमार मंडल, रामजीवन यादव, रामबिहारी यादव, नगर सचिव लालबहादुर यादव सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेका छन्।