मिति लोड़ीङ्ग हुँदैछ...

मुखियापट्टी मुसरनियामा जसपाको चुनाव सुनिश्चित गर्न एक बुथ सय युथका गठन।

 संवाददाता    April 8, 2022     41 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, चैत २५ गते
धनुषा जिल्ला स्थित मुखियापट्टी मुसरनिया गाउँपालिका नेपालकै सबैभन्दा होचो ठाउँमा जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनाव सुनिश्चित गर्न एक बुथ सय युथ गठन र सुरुवात गर्दै अन्तिम अबस्थामा पुगिसकेको छ ।

मुखियापट्टी मुसरनिया गाउँपालिकामा जयकुमार यादवको नेतृत्वमा चुनाव लडन निश्चित भएदेखि नै चुनावको विभिन्न रणनीतिहरु तयारी गरेर जादैंछ । तर पालिकामा जनसैलाब नै उत्रिएका छन् ।

बिशिस्ट अतिथि यादवले भने, अब मुखियापट्टी मुसरनिया लगायत क्षेत्र नम्बर-३ मा बिरासतको राजनीति र पुस्तैनी राजनीतिलाई समाप्त पार्ने प्रतिबद्धता दिदैछु । बिगतमा जुन किसिमको मधेस र मधेसीको व्यवहार गरेको छ, क्षमा योग्य नभएको बताएका छन् । त्यस्तै पालिकामा ६ वटा रहेको सम्पूर्ण वडामा एक बुथ सय युथ गठन गरिसकेको यादवले समेत जानकारी दिएका हुन् ।

पालिका नेतृत्व गर्ने अध्यक्ष यादवले, भने अहिलेको अबस्थामा मुखियापट्टी मुसरनिया गाउँपालिकामा समग्र बिकास नै अन्योलमा राखेको आरोप लगाएको छ । पालिकामा शिक्षा, स्वास्थ्य, कृषि, यातायात र कृषि बिधुतिकरण लगायत सम्पूर्ण बिकासको नष्ट नै गरेको छ । पालिकामा कमिसन र भ्रष्टाचारको आड्डा नै बनाएको उनले भनेका हुन् ।

पार्टी अध्यक्ष भरत साहको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि जसपाका संघीय सदस्य युगलचन्द्र चौधरी, बिशिस्ट अतिथिद्वय केन्द्रिय सदस्य बेचन र नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, त्यस्तै जिल्ला सदस्य शशिचन्द्र यादव, बिनोद यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको थिए ।

प्रतिकृया दिनुहोस्
prabhu host