मिति लोड़ीङ्ग हुँदैछ...

एमसिसिको बहानामा राजनितीक अधिकारबाट बञ्चित गर्दै: डा. भट्टराई

 संवाददाता    February 23, 2022     39 जनाले पढ़िसके

न्युजडेस्क/सिरहा, फाल्गुन ११ गते
एमसिसिको बहानामा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई फुटाएर आदिवासि जनजाती, दलित, मुस्लिम, पिछडावर्ग र मधेशीको अधिकार कुण्ठित गर्ने कार्यमा जसपा संघीय परिषद अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लागेको आरोप लाग्न थालिसकेको छ ।

वैकल्पिकि शक्ति निर्माणगर्न मधेशी जनअधिकार फोरम देखी जसपासम्मको यात्रा तय गर्ने क्रममा जसपा केन्द्रिय अध्यक्ष उपेन्द्र यादव माथी राज्य र पार्टी भित्रकै शिर्षनेतृत्वमा बस्नेहरुले बारम्बार राजनीतिक रुपमा प्रहार गर्दै आएको छ । तरपनि सम्पुर्ण प्रहारलाई कुशलपुर्वक रक्षागर्ने उनको राजनैतिक क्षमताले सबैलाई उनको अगाडी निरिह बनाउँदै गएको अन्यले पत्तै पाएको छैन ।

अहिले केहि दिन देखी पुनः राजनीतिक वृत्तमा जसपामाथि वैबल्पिक शक्ति निर्माका बाधकहरुले प्रहार गर्न खोजी रहेका छन् । हुनत यस्ता प्रहार अध्यक्ष यादव नेतृत्वको पार्टी जबजब सरकारमा सामेल भएको छ । असन्तुष्ट पक्षहरुले कुण्ठीत मानसिकताबाट राज्य र प्रतिपक्षको भुमिका पार्टिभित्रबाटै सञ्चालीत हुने गरेको छ । पटक पटक पार्टी फुटे तर अध्यक्ष यादव कुनै पनि अवस्थामा विचलित नभई अगाडी बढ्नेक्रम जारिनै रहेका छन् ।

अध्यक्ष यादवको सवल पक्ष नै उनको राजनितिक मुद्धाहरुमा कदापी विचलित नहुनु अन्त्यसम्मको पर्खाई नै वहाँको पहिचान वन्न पुगेकोछ । आमजनता सामु अध्यक्ष यादवको कार्यशैली प्रशंसनिय रहेको छ । त्यसैको परिणाम अन्य पार्टीबाट जसपा पार्टी प्रवेशले बताउँदै आएको छ । अध्यक्ष यादवको बुझाईमा पार्टी एकिकरण गर्नुपर्छ । मुद्धा मिल्ने र विचार मिल्नेसंग तर पार्टी एकिकरण बेला जनताले विश्वास नगरेका पात्रहरु एकिकरण पश्चात पार्टीलाई अनेक वहानामा शिर्ष नेतृत्वमा पुग्ने भागवन्डामा भुमिका खाज्ने प्रवृति जनताहरुले पनि राम्ररि वुझेका छन ।

ओली सरकारको पालोमा राजपा र सपा मिलेर बनेको जसपा पनि नेतृत्वलाई लिएर विवाद मिलाउनुको सट्टा मलजल गर्ने कामहरु पनि नेतृत्व तहबाटै भएको जनताले प्रष्ट बुझेका छन् । यसलाई प्रमाणित गर्ने आधारपनि अहिलेको पुनः नेतृत्वको कुरालाई लिएर पार्टीभित्र किचला हुनु हो ।
तत्काल जसपाभित्र असन्तुष्टिको नाममा वैकल्पिक शक्ति निर्माण गर्ने मुल उद्देश्य प्रति कुनै पनि नेतृत्वको ध्यान गएको देखिदैन । यसवाट पनि प्रष्ट बुझिन्छ अध्यक्ष यादवलाई घेराबन्दी गरि पार्टीको काम भन्दा पनि गुटफुटको राजनिति गरेर मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम र पिछडावर्गहरुको नेतृत्वलाई धाराशायी बनाउने प्रपञ्च राज्यसत्ताको खेलमा लागेका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host