मिति लोड़ीङ्ग हुँदैछ...

जसपाले १३ गते केन्द्रिय समितिको बैठक डाकिए

 संवाददाता    February 21, 2022     200 जनाले पढ़िसके

न्युजडेस्क/काठमाडौं, फाल्गुन ९ गते
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न १२ फागुनमा प्रतिनिधिसभा बैठक बोलाएका छन् । तर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमसीसीबारे पार्टीको धारणा बनाउन त्यसको एकदिनपछि बैठक राखेका छन्।

जसपा अध्यक्ष यादवले एमसीसीबारे धारणा तय गर्न १३ फागुनमा पार्टीको कार्यकारिणी बैठक बोलाएका छन् । सरकारले आइतबार विवाद र प्रमुख प्रतिपक्षीको जारी संसद् अवरोधकैबीच एमसीसी संसद्मा टेबुल गरेको छ ।

हालसम्म एमसीसीबारे जसपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। अध्यक्ष यादव एमसीसी परियोजनाका विषयमा मौन नै छन् । भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा खुलेर आफ्नो विचार राखिसकेका छन् ।

पार्टीभित्र अध्यक्ष यादव र भट्टराईबीच विवाद कायमै रहेको बेला जसपामा एमसीसीलाई लिएर थप किचलो बढेको छ । पार्टीको कार्यकारणी अधिकारको बाँडफाटदेखि निर्णय प्रक्रियाहरू पारदर्शी हुनुपर्ने आवाज उठेपछि जसपामा यादव र भट्टराईको सम्बन्ध चिसिएको छ ।

प्रतिकृया दिनुहोस्
prabhu host