मिति लोड़ीङ्ग हुँदैछ...

बालबालिका माथि हुने हिंसाको रिपोर्टिंग सम्बन्धि छलफल सम्पन्न ।

 संवाददाता    February 15, 2022     224 जनाले पढ़िसके

न्युजडेस्क/कपिलवस्तु, फाल्गुन ३ गते
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा बालबालिका माथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोटिंग सम्बंधि निर्देशिका निर्माण गर्न विद्यालय र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

श्री राष्ट्रीय आधारभूत विद्यालय सरफरका प्रधानाध्यापक प्रहलाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा युनिसेफ प्रमुखका प्रकाश कैनि, अतिथिमा स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक बलराम पन्थी उपस्थितिमा सम्पन्न भएका छन् ।

युनिसेफका प्रकाश कैनिले भने, कार्यक्रमको उद्देश्य तथा बालअधिकार लगायत बालबालिका माथि विभिन्न क्षेत्रमा हुन सक्ने संभावित हिंसाका घटना बारेमा अनिवार्य रिपोर्टिंग सम्बंधि जानकारी, पालिकाले समेत यसक्षेत्रमा दूरगामी सोच राखेर बालबालिका माथि हुने हिंसाका घटनाहरूको अनिवार्य रूपमा रिपोर्टिंग गर्न संयन्त्र निर्माण गरि योजना निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रशिक्षक समेत रहेको अधिवक्ता राजु श्रीवास्तवले बालबालिकाको परिभाषा, यौनिकताको परिचय, हिंसाका प्रकारहरू, कार्यस्थलमा हुन सक्ने हिंसा, कानुनी आधार, कानुनी उपचार, उजुरी कसरी र कहाँ दिने लगायत अन्य बिषयमा बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले विभिन्न क्षेत्रमा बालबालिका माथि हुन सक्ने संभावित हिंसाहरूको बारेमा अवगत गराइएको र अन्य बिषयमा कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा वृहत क्षलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host