मिति लोड़ीङ्ग हुँदैछ...

प्रदेश सरकारले किसानहरुको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन

 संवाददाता    February 5, 2022     37 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, माघ २२ गते
मधेश प्रदेश सरकारले किसानहरुको समस्या पहिचान गरि त्यसको समाधान गर्न उच्चस्तरीय समिति गठन गरेका छन् ।

प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकास सर्राफ रहेको छ ।

समितिलाई कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, विउविजन तथा सिचाई समस्या, विमाको अवस्था, डुवान कटानको अवस्था, कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था , मधेस प्रदेशको भू-उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं अगामी योजनाबारे निति निर्माण गर्ने जिम्मेबारी दिएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।

१५ दिन भित्र अन्तरिम प्रतिवेदन मन्त्रीपरिषदमा पेश गर्ने समय सिमा दिइएको उच्चस्तरीय समितिलाई १ महिनामा पूर्ण प्रतिवेदन पेश गरिने समय सिमा दिइएको प्रवक्ता साहले बताएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host