मिति लोड़ीङ्ग हुँदैछ...

प्रमुख लालकिशोर साहको सहयोगमा शिक्षक दरबन्दी मिलान सफल ।

 जनकपुरधाम उपमहानगरपालिका लालकिशोर साह     February 3, 2022     224 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, माघ २० गते
मधेस प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाले २०५२ सालदेखि नभएको दरबन्दी मिलान जस्तो सराहनीय कार्य नगर प्रमुख लालकिशोर साहको नेतृत्वमा ३ सदस्य कार्यदलले सफल गरेका छन् ।

जनकपुरधाम उपमहानगरको दरबन्दी मिलानका लागि पटक पटक जनगुनासो बढेको थियो । त्यसै जनगुनासोलाई समाधान गर्नका लागि नगर प्रमुख लालकिशोर साह नेतृत्वमा ३ सदस्य कार्यदल गठन गरिएको थिए । त्यही कार्यदलले पालिकामा पर्ने सम्पूर्ण प्रधानाध्यापकहरुले निर्णय समेत गरेर दिइएको शिक्षक दरबन्दी मिलान गरेको छ ।

साथै अधिकांस विद्यालय जहाँ र दलित, मुस्लिम, विपन्न र पिछडिएका वर्गका विद्यालयहरुमा शिक्षकहरुको अभाव रहेको थिए । जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को १०(त) बमोजिम र शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट शिक्षक दरबन्दी मिलान नगरे शिक्षकहरुको तलब रोक्का गरिने पटक पटक ताकेता तथा केन्द्रबाट शिक्षण दरबन्दी मिलान कार्यविधि २०७६ र जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा ऐन २०७७ बमोजिम विद्यार्थी संख्या (५० जना विद्यार्थीमा १ शिक्षक) निम्न माध्यमिक र माध्यमिक तहमा विषयगत रुपमा दरबन्दी मिलान गरिएको हो ।

जनकपुरमा संचालित सामुदायिक बिधालयहरूमध्ये जसमा शिक्षक धेरै विद्यार्थी कम रहेको र शिक्षक कम विद्यार्थी धेरै भएको अधिकांश विद्यालयमा शिक्षक विद्यार्थी अनुपात तथा बिषयगत शिक्षक नमिलेको थियो । बिधालय जस्तो शिक्षा मन्दिरमा गुणस्तरीय शिक्षा प्रदानका लागि उपमहानगरपालिका कार्यदलले शिक्षक दरबन्दी मिलाने गरि सराहनीय कार्य गरेको स्थानीय शिक्षक र अभिभावकहरुको भनाइ रहेका छन् । अब नगर सम्पूर्ण बिधालयमा निम्न माध्यमिक र माध्यमिक तहमा बिषयगत शिक्षक अभाव हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host