मिति लोड़ीङ्ग हुँदैछ...

सांसद यादवद्वारा योग भवनको उदघाटन सम्पन्न ।

 संवाददाता    January 15, 2022     46 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, माघ १ गते
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका उपनेता तथा प्रदेश सांसद रामअशिष यादव र प्रदेश सांसद कौशल यादवले एक समारोहका विच योग भवनको समुद्घाटन गरेको छ ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले योग र आर्युवेद एक अर्काका पूरक रहेकोले दुवैको विकास एक साथ गर्नुपर्ने र समग्र विकास निर्माणमा सहयोग गरेको कारण हंसपुर नगरपालिकाले सांसद यादवलाई सम्मान समेत गरेका छन् ।

त्यसैगरी योग र आर्युवेदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सोनिगामा आर्युवेद औषधालयका प्रमुख बरिष्ठ कबिराज निरिक्षक रामछबिला यादवलाई सांसद रामअशिष यादव र सांसद कौशल यादवले सम्मान गरेका छन् ।

सांसद यादवको संसदीय कोषबाट रु १० लाख रुपैयाँको लागतमा हंसपुर नगरपालिका-६ स्थित सोनिगामाको आर्युवेद औषधालयको योग भवनको निर्माण गरिएको कुरा योग भवन निर्माण समितिका अध्यक्ष रामवृक्ष ठाकुरले बताएका छन् ।

वडा नम्बर ६ का अध्यक्ष माथुरा यादवको अध्यक्षतामा भएको कार्यक्रममा हंसपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत केशव अधिकारी, कार्यपालिका सदस्य श्याम राउत, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, समाजवादी युवा संघ, धनुषा अध्यक्ष दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियन, धनुषा सचिव बलिराम कापरी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादव, वनस्पति अनुसन्धान केन्द्र धनुषाका प्रमुख ताहिर हुसैन, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झा, योगगुरु लेखनाथ खनाल र कृष्णचन्द्र साह सहितका वक्ताहरुले योगको महत्व विषयमा विचार व्यक्त गरेको थियोे ।

प्रतिकृया दिनुहोस्
prabhu host