मिति लोड़ीङ्ग हुँदैछ...

पोखरीमा घाटा लाग्दा ठिक्केदार भावुक भएर गरे गाउँलेसंग रुपैयाँ छुटको माग

 संवाददाता    January 14, 2022     71 जनाले पढ़िसके

जनकनन्दनी संवाददाता/धनुषाको एक ठूलो माछाको ठिक्केदार्लाई पोखरीमा घाटा लाग्दा समाजमा रुपैयाँ छुटको लागि गुहार गरेका छन।शहिदनगर नगरपालिका वार्ड नम्बर ४ को ननुपट्टीमा रहेको लगभग एक बिघाको पोखरीमा घाटा लागेको भनेर ठिक्केदार श्यामदेव मुखियाले गाउँले संग तोकेको रकम छुटको लागि गुहार गरेको छ।शुक्रबार वाडा कार्यलय ननुपट्टीमै विहान गाउँका स्थानीयहरु बिच भएको बैठकमा ठिक्केदर श्यामदेवले रुपैयाँ छुट गरदिको लागि अपिल गरेका थिए

सालको पाँच लाख १ हजारमा ठिका लागेको भेरहरबा पोखरी ठिक्केदार मुखियाले एक सालसम्म राम्रो संग पोखरी चलाएर अर्को सालमा पोखरीमा घाटा लाग्यो भनेर साल न पूरा हुँदै नौ महिनामे पोखरी छोड्न लागेको छ।पोखरी छोड्न लाग्दा स्थानीयहरुको बिच शुक्रबार वाडा कार्यलय ननुपट्टीमा पोखरीमा पुरैपुरी घाटा लाग्यो भनी रोएर ठिक्केदार मुखियाले समाजसंग गुहार गरेका थिए।तर पोखरीका बारेमा गाउँका प्रतिनिधि लगायत अन्य कसैलाई नभनी ठिक्केदार मुखियाले सधै शहिद्नगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव कहाँ गएर कुराहरु गर्नाले गाउँलेहरुको निर्णय अनुसार माओवदीका तर्फबाट चन्द्र दास,एमालेबाट सर्जुग दास,बिमल पासवान,जसपा बाट बेचन साह,र कांग्रेस बाट बर्तमान वार्ड ४ का अध्यक्ष कन्हैया मुखियाले नौ महिना पोखरी चलाएको भनी दुई लाख दिने गरि निर्णय गरियो।माघ १५ गते सम्म रुपैयाँ बुझाउन र बैशाख सम्म पोखरीमा रहेका माछाहरु निकालेर खाली गर्नुपर्ने समेत निर्णय भयो।

बैठकमा ठिक्केदार श्याम देव मुखिया र स्थानीय राम सागर मण्डल बिच तनातान भएको थियो।एकछिन त्याहाको अवस्था तनावग्रस्त रहियो।

श्यामदेव मुखिया आजको दिनमा धनुषा जिल्लामै ठूलो माछा पालन गर्दै आइरहेका व्यक्ति हुन।गरिबी जीवन काट्दै आइरहेका श्यामदेवका बुवा पछि श्यामदेवले माछाको खेती गर्दागर्दै यहिले ४० भन्दा बढी पोखरी जोत्दै आइरहेका छन।

प्रतिकृया दिनुहोस्
prabhu host