मिति लोड़ीङ्ग हुँदैछ...

पत्रकार सुरेश यादवको घरमा अपरिचित व्यक्ति द्धारा आगजनी,लाखौको समान नस्ट

 संवाददाता    January 4, 2022     87 जनाले पढ़िसके

 धनुषामा पत्रकार सुरेश यादवको घरमा अपरिचित व्यक्तिहरुले आगजनी गरेका छन।गणेशमान नगरपालिका वाएड नम्बर ५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेश कुमार यादवको घरमा अपरिचिति व्यक्तिहरुले पुस २० गते आगजनी गरेको छ।

घरमा आगो लाग्दा काठ र माटो र जस्ताको छानाले छाएको घर पूर्ण रुपमा जलेर नष्ट भएको पीडित पत्रकार सुरेश कुमार यादवले बताए। पुस १९ देखि आमा बिरामी भएर अस्वस्थ हुदा आफू जनकपुरमा आमाको उपचार गराएर थप उपचारका लागि चितवन लैजाने तैयारिमा रहेको बेला अचानक घरमा अपरिचित व्यक्तिले आगजनी गराएको र सबै जलेर नस्ट भएको कुरा पीडित यादवले भन्ने। आगजनीको क्रममा शुभ श्री बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको २ लाख ८५ हजार रुपैयाँ नगद, काठको दराज, एक सेट सोफा, पलङ, ओढ्ने–ओछ्याउने सहित सम्पूर्ण लत्ताकपडा, आमाको कानमा लाउने झुम्का, टप र दालचामल समेत सम्पूर्ण घरायसी प्रयोगका सरसामान गरि करिव १५ लाख रुपैया बरावरको समान जलेर खरानी भएको पीडित पत्रकार सुरेश यादवले बताउनु भयो ।

घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषालाइ जानकारी गराएको र प्रहरीको टोली घटना स्थलमा आएर मुचुल्का गरेको स्थानिय समाजसेवी मिथिला साहले बताए।पत्रकार यादव विगत एक वर्षदेखि सवैला नगरपालिकामा भई रहेको भ्रष्टाचारबारे जनतालाई जागरुक्क गराउँदै भण्डाफोर अभियान र सुचना माग गर्दै सवैला नगरपालिकाको करिव दुई महिना धर्नामा बसेका थि।

प्रतिकृया दिनुहोस्
prabhu host