मिति लोड़ीङ्ग हुँदैछ...

दलित मुक्ति बिना देशको बिकास सम्भाव नरहेको: अध्यक्ष यादव

 संवाददाता    January 1, 2022     27 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, पौष १७ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका भातृसंगठन समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेला आज जनकपुरमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यमा उदघाटन सत्र सम्पन्न भएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष खिमबहादुर विश्वकर्माको अध्यक्षता भएको राष्ट्रिय भेलाको सम्बोधन गर्दै भने, मुलुकमा सबैभन्दा बढी शोषण र हिंसा परेका कोही छ, भने दलित नै हो उनले बताएका हुन् ।

अध्यक्ष यादवले कार्यक्रमको सम्बोधनमा अहिले एकाइसौं शताब्दीमा मुलुकमा दलितहरुको अशिक्षित र बेरोजगारी ठुलो समस्याको रूपमा निर्माण भएको बताए ।

राष्ट्रिय भेला जसपा केन्द्रिय सदस्य चमेली देवी दासको संयोजनमा भएको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादव, केन्द्रीय सदस्यहरु महाजन यादव, उर्मिला साह, लालकिशोर साह, उमेश साह, चन्देश्वर पासमान, चन्देश्वर सदा, श्रीचन मुखिया, बेचन मुखिया, प्रदेश उपाध्यक्षहरु रामपृत पासमान, शेषनारायण यादव, पुर्व मन्त्री ज्ञानेन्द्र यादव, सांसद रामअशिष यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव संघीय परिषद सदस्य रंजीत चौधरी, विजय भगत रामो महरा, अम्भुप्रसाद साह, विसुनदेव साह लगायत नेता एवम् कार्यकर्ताको उपस्थिति रहेको छ । यसअघि बौद्धिक पेशाकर्मी महासंघका राष्ट्रिय उपाध्यक्ष एवं युवा नेता जितेन्द्र यादवको सक्रियता र पहलमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उल्लेख्य संख्यामा निस्केको जुलुसले नगर परिक्रमा गर्दै राष्ट्रिय भेला स्थलमा पुगेको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host