मिति लोड़ीङ्ग हुँदैछ...

नवलपरासी प्रहरीले ६ महिनामा ५ कराेड भन्दा बढीकाे राजश्व दाखिला गरे

 संवाददाता    December 27, 2021     229 जनाले पढ़िसके

न्युजडेस्क/नवलपरासी, पौष १२ गते
नवलपरासीको जिल्ला प्रहरी कार्यालयले पत्रकार भेटघाट कार्यक्रम गरि असार १३ देखि पुस ११ सम्म ६ महिनाकाे प्रगति विवरण तथा ५ कराेड भन्दा बढीको राजश्व दाखिला गरेको जानकारी दिएकाे । पश्चिम नवलपरासीमा यहि असार १३ गते देखि प्रहरी प्रमुखको रुपमा आउनु भएकाे मनाेज कुमार यादवले सकृयताका साथ लागि रहनु भएकाे छ ।

प्रहरीले हालसम्म अवैध मालसामान रु.४,७०,३९,०९४/- रकम बराबरकाे भन्सार तथा राजश्व कार्यालय बुझाएको प्रहरी प्रमुख मनाेज कुमार यादवले जानकारी दिनुभयाे । साथै रु ६,९८,४७३/- बराबरको नदिजन्य पदार्थ उत्खनन, अवैध वन पैदवार वरामद बापत रु ५,५५,५३३/- बराबर, श्राेत नखुलेको रु ३५,९०,०००/- सहित ४ जना मानिस पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम का सुचना अधिकारी प्रेम बहादुर शाहीले बताउनुभयो । यस्तै पुस ११ गते आईतबार गाेप्य सुचनाकाे अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले अन्दाजी ४:३० बजेकाे समयमा परासी भुमही सडक खण्डको रामग्राम नगरिालिका वडा नं १ञ स्थित रानीपाकडमा चेकजाँच गर्ने क्रममा लु ४५ प ४१५३ नं काे माेटरसाईकललाई चेकजाँच गर्दा माेटरसाईकल चालक जिल्ला नवलपरासी पुर्व कावासाेती नगरपालिका ९ मिलनचाेक बस्ने वर्ष १९ काे सुदिप सुनार र माेटरसाईकल पछाडि सवार कावासाेती ३ स्मृति टाेल बस्ने वर्ष १९ काे निश्चल घिमिरेकाे साथमा ८५५ ट्याब्लेट नाईट्राेभेट फेला परेकाे साथै साेही माेटरसाईकल संगै रहेका बा.प्र ०२-०३० प ६२३९ नं.काे माेटरसाईकल सवार जिल्ला कालिकोट खडाचक्र न.पा ४ बस्ने वर्ष २२ काे बिमल शाही र वर्ष २२ काे रमेश अधिकारी समेत नियन्त्रणमा लिई लागू ओैषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान कार्य भईरहेकाे प्रहरी प्रमुख यादवले जानकारी दिनुभयाे ।

हालसम्म १०१ जना फरार प्रतिवादी पक्राउलाई ४० वर्ष ९ महिना ३ दिन कैद र रु १४,७१,७४३/- जरिवाना, २०४३/०३/२९ गतेकाे वन मुद्दामा सम्मानित नवलपरासी जिल्ला अदालतबाट फैसला भएकाे प्रहरीले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायत विभिन्न मिडियामा आबद्ध पत्रकारहरुकाे उपस्थित रहेका थिए ।

प्रतिकृया दिनुहोस्
prabhu host