मिति लोड़ीङ्ग हुँदैछ...

असहाय परिवारलाई सांसद यादव द्धारा राहत सहयोग

 संवाददाता    December 22, 2021     32 जनाले पढ़िसके

जनकपुरधाम पुस ७
प्राण घातक क्यान्सर रोगका कारण अल्पआयुमै मृत्यु भएका सुबोध सहनीको परिवारलाई प्रदेश सांसद यादवले राहत सहयोग उपलब्ध गराइदिनु भएका हुन।

बुधबार प्रदेश सांसद रामअशिष यादवको पहलमा नटराज एग्रो प्रा.लिका एरिया प्रतिनिधि संतोष कुमार यादबको समन्वयमा धनुषा निर्वाचन क्षेत्र नं २ औरही गाउँ पालिका चक्कर गाउँ निवासी असहाय परिवारलाई चामल,दाल ,तेल, कम्मल र लुगाकपडा सहयोग प्रदान गरिएको छ।

राहत दिने क्रममा त्यहाँ जसपाका युवा नेता समाजिक अभियन्ता सरोज कुमार मंडल, युवा नेता शंकर साह, बिधार्थी नेता विकास यादव र राज किशोर सहनीको उपस्थित रहेको थियो।
वल्ड क्यान्सर रोगका कारण २९ वर्षिय जसपाका युवा नेता सुबोध सहनीको एक हप्ता अघि मृत्यु भएको थियो।
आर्थिक अवस्था निकै कमजोर रहेको स्व सहनीको श्रीमती सहित ४ वर्षका एउटा छोरा रहेको छ।

प्रतिकृया दिनुहोस्
prabhu host