मिति लोड़ीङ्ग हुँदैछ...

प्रदेश सांसद यादवले जेसिका राष्ट्रिय उपाध्यक्ष मनोज साह सम्मानित

 मनोज कुमार साह रामअशिष यादव     December 22, 2021     102 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, पुष ७ गते
जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश-२ को संसदीय दलका उपनेता एवम् सांसद माननीय रामअशिष यादवले नेपाल जुनियर चेम्बर (जेसी) का नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष मनोज कुमार साहलाई महागंगा आरती गंगासागर घाटमा सम्मान गरिएको छ ।

सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक अध्यक्ष, महागंगा आरती गंगासागरको घाटमा प्रदेश सांसद यादवले नवनिर्वाचित उपाध्यक्ष साहलाई सम्मान गरेका छन् । प्रकृति नगरी पोखरामा हालै सम्पन्न नेपाल जेसीको ४८औं राष्ट्रिय महाधिवेशनमा श्री जानकी जन्मभूमि जनकपुरधाम निवासी उदयमान युवा मनोज कुमार साहले जेसी चुनावमा अत्यधिक मत प्राप्त गरी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

जनकपुर जेसी शाखाका अध्यक्ष समेत रहेका साहले समाज रुपान्तरणका लागि यस क्षेत्रमा सानै उमेरदेखि समाजसेवा लागेको छन् । सम्मानको क्रममा जनकपुरधाम उधोग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहको सहभागिता रहेका छन्।

प्रतिकृया दिनुहोस्
prabhu host