मिति लोड़ीङ्ग हुँदैछ...

नेपाली कांग्रेसको महामन्त्री पदमा गगन र विश्वप्रकाशको अग्रता कायमै

 संवाददाता    December 16, 2021     27 जनाले पढ़िसके

नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।

तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।११७५ मत गणना हुँदा थापाले सबैभन्दा बढी ६७३ मत पाएका छन् । शर्माले ४३४ मत पाएका छन् । प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र रिजालले १९४ मत पाएका छन् ।महामन्त्रीका अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका राजाराम कार्की भने ३८ मतसहित सबैभन्दा पुछारमा छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host