मिति लोड़ीङ्ग हुँदैछ...

मन्त्री यादव र प्रदेश सांसद यादवले संयुक्त रुपमा शिक्षा सुधार अभियानको समुदघाटन

 संवाददाता    December 5, 2021     236 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, मंसिर १९ गते
संघीय शिक्षा तथा विज्ञान प्रविधि राज्य मन्त्री बोधमाया यादव र प्रदेश सांसद रामअशिष यादवले संयुक्त रुपमा शिक्षा सुधार अभियानको समुदघाटन गर्नुभएको छ ।

आसमान नेपालको आयोजनमा जनकपुरधाममा शुभारम्भ कार्यक्रम प्रदेश-२ का सांसद रामअशिष यादवले भने, ‘जहिलेसम्म अभियानलाई सार्थकता हुन्छ, जुन मानिस एक अर्को सहयोग र शिक्षामा पहुँच हुन्छ । र अधिकांश वक्ताहरुले शिक्षा सुधार नभएसम्म प्रदेश र देशको समृद्धि हुन नसक्ने यो नै सार्थक हो बताएका छन् ।

आसमान नेपालका कार्यकारी निर्देशक नवल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बहुसंख्यक स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

उक्त अन्तर्राष्ट्रिय स्वंयमसेवक कार्यक्रममा कुशल अभिभावक असगर अलि, विज्ञ गुरु सुवेदी सहितका वक्ताहरुले बोल्नु भएको थियो । अभियानका अभियन्ता युवा रक्की प्रसाद साहले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host