मिति लोड़ीङ्ग हुँदैछ...

मेयर कार्यकक्षमा तल्चा होइन, वडाअध्यक्षहरुको नौटंकी हो

 संवाददाता    November 22, 2021     83 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, मंसिर ६ गते
जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरुसहित मेयर लालकिशोर साहको कार्यकक्ष तल्चा लगाई आन्दोलनमा उत्रिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका केही दिन अगाडि वडाअध्यक्षहरुले यसअघि पनि फोहोर नउठाएको भन्दै मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका थिए । साथै आज पनि केही वडाअध्यक्षहरुले आफ्नो कर्तव्य पुरा नगरि नगरपालिकामा हस्तक्षेप गर्दै आइरहेको छ । सफाई कर्मचारीहरुले नगरको सरसफाईमा खटिएका छन् । वडाअध्यक्षहरुले आफ्नो कर्तव्य पूरा नै गरि सफाई कर्मचारीहरुलाई गालीगलौंच गरेको थिए । तर वडाअध्यक्षहरुले नै कुनै चासो नदेखाएको मेयर साहले बताए ।

आइतबार बिहान् सफाई शाखामा गई सरसफाई गई एकाएक सफाई कर्मचारीहरुलाई गालीगलौंच र अपशब्दहरु भन थालेको थिए । सफाई कर्मचारीले बताए ।

जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुदर्शन सिंहले कर्मचारीलाई सफाइमा लाग्न आग्रह गर्दा उल्टै कर्मचारीले गालीगलौज गरेको वडाध्यक्ष सिंहको आरोप छ । गालीगलौजपछि वडाध्यक्षहरु जम्मा भएर नगर प्रमुख लालकिशोर साह र सफाइ कर्मचारीविरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर १ का वडाध्यक्ष शत्रुधन साह, ३ का वडाध्यक्ष दीपेन्द्र साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह, ७ का वडाध्यक्ष जानकीराम साहलगायत पुगेका थिए । वडाध्यक्षले तालाबन्दीपछि नगर प्रमुख लालकिशोर साहविरुद्ध नाराबाजी गरेका थिए । ‘भ्रष्टाचारी मेयर मुर्दावाद, सफाइ कर्मचारी मुर्दावाद, जनकपुरलाई सफा गर, करारका कर्मचारीलाई खारेज गरलगायतका नारा लगाएका थिए ।

उनका अनुसार १२ बजेसम्म नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी धर्ना दिने र मेयरको कार्यकक्षमा ताला यथावत रहनेछ । यसपछि आन्दोलनको अर्को कार्यक्रम सोमबारै साँझ बसेर तय गरिने वडाअध्यक्षहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host