मिति लोड़ीङ्ग हुँदैछ...

निमित्त प्रहरी महानिरीक्षक निरज बहादुर शाहीबाट निर्देशन

 संवाददाता    November 22, 2021     267 जनाले पढ़िसके

न्युजडेस्क/काठमाडौं, मंसिर ६ गते
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले हालै सरुवा तथा काज भई आ-आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन दिनुभएको छ ।

निर्देशनका क्रममा निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको नीति निर्देशन एवं प्रचलित ऐन नियम अनुसार परिचालित भई संगठनले लिएको विश्वास कायम राखी काम गर्नुपर्ने बताउनुभयो । संगठनकै मूल्याङकनको कारण प्राप्त जिम्मेवारीलाई पूर्ण नैतिकवान र इमानदार भई संगठन उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शी भई उपयोगिता आउने गरी परिचालन हुन उहाँले निर्देशन दिनुभयो ।

निमित्त प्रहरी महानिरीक्षक शाहीले अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतमा विशेष चनाखो रही सामुहिक भावनाका साथ उत्कृष्ट काम गरी आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्र अनुसार अन्य निकायहरूसँग समन्वय र समदूरी कायम गरी हरेक काममा सफलता हाँसिल गर्दै नेपाल प्रहरीको प्रतिष्ठा कायम राख्न उहाँले निर्देशन दिनुभयो ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले थप सुधारका काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उच्च व्यवसायिकता र आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host