मिति लोड़ीङ्ग हुँदैछ...

शिक्षामा पहुच नभएसम्म समाजमा परिवर्तन र बिकास गर्न नसक्ने: मुख्यमन्त्री राउत

 संवाददाता    November 6, 2021     248 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, कार्तिक २०
मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरुती मात्र नभई सामाजिक अपराध समेत रहेका छन् ।

जिलई जमईत अहलेहदिस प्रदेश नम्बर-२ द्वारा धनुषाको गणेशमाण चारनाथ नपा-२ छघरीया स्थित मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रम प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले दहेज रुपि सामाजिक अपराधलाई अन्त गर्नुको विकल्प नरहेको बताएका हुन् ।

मुख्यमन्त्री राउतले दहेजको नाउँमा सडकको अपराधीक घटनाहरु समाज भएको तथ्य उजागर गर्दै यस्ता अपराध अन्तको लागि सबैलाई आ-आफ्नो स्थानबाट प्रण गर्न आग्रह गर्नु भएका थिए । समाजको आधा हिस्सा ओगट्को महिलाहरुको शिक्षामा जोड दिनुपर्नै उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहुच नभएसम्म समाजमा परिवर्तन र बिकास गर्न नसक्ने बताए ।

प्रदेश सरकारले महिलाहरुका लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउदै उहाले शिक्षा नलिएसम्म आरक्षणको समेत फाईदा लिन नसक्ने जिकिर गरेको थियो ।

मतिबुल रहमानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पुर्व मन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपाक कार्की, इजरायल रिजिबी, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरुले दहेज मुक्त समाज निर्माणका लागि आ-आफ्नो धारणा व्यक्त गरेको थिए ।

कार्यक्रममा बौद्धिक पेसाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, उपप्रमुख विभिन्न राजनीति दलका नेता, सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्
prabhu host