मिति लोड़ीङ्ग हुँदैछ...

प्रधानमन्त्री मोदी तनावमा, अमेरिकापछि भारतमाथि कडा एक्सन

 संवाददाता    August 29, 2021     369 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, भदौ १२
एजेन्सी सहयोगमा- अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भारतीय वायु सेनाको एक विशेष विमानलाई उड्न नदिइएको खबर सार्वजनिक भएका छन् ।

तालिबानको कब्जापछि असुरक्षित भएका आफ्ना नागरिक लिन काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल पुगेको भारतीय वायु सेनाको विशेष विमानलाई त्यहाँबाट आउन नदिइएको हुन् ।

भारतको अंग्रेजी पत्रिका द हिन्दुले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहको भनाइ उद्धृत गर्दै दिएको रिपोर्टमा तालिबानले कम्तीमा १४० अफगान सिख, हिन्दु र अन्य यात्रुलाई विमानस्थल जान रोकेका छन् । अध्यक्ष सिंहले काबुलबाट उनीहरूको उद्धार गर्न विदेश मन्त्रालय र भारतीय वायु सेनासँग समन्वय गरिरहेका छन् ।

यता अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ११३ पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् ।

पेन्टागनका अनुसार मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी सैनिक मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् । सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host