मिति लोड़ीङ्ग हुँदैछ...

जनकपुरमा संयुक्त विद्यार्थी संगठनद्वारा राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध प्रदर्शन

 संवाददाता    June 26, 2021     458 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, असार १२
प्रदेश नं.-२ जनकपुरमा प्रमुख चार विद्यार्थीहरुको संयुक्त संगठनले सनिवार जनकपुरमा गठबन्धनका गरि विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध गरेको प्रदर्शनको गरेको र उक्त प्रदर्शनमा केही उच्छृंखल युवाहरुले प्रतिकारमा सम्बद्ध युवाहरु सडकमा उत्रिएपछि भानुचौक तनाव सिर्जना भएको थियो ।

चार विद्यार्थीहरुले गठबन्धनका गरि जनकपुरको रेल्वे स्टेशनबाट शान्तिपुर्ण र्‍याली निकालेका थिए । उनीहरु शिवचोकमा पुगेर कोणसभा गर्ने थाहा पाएपछि उच्छृंखल युवा कार्यकर्ताहरुले शिचोकमा पुगेर बिरोध गरेको थियो । तर, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको उनिहरु माथि बल प्रयोग गरेर भएपनि रोकेका थिए ।

प्रहरीले टसमस हुन नदिएपछि उच्छृंखल युवालाई अन्य बाटो भएर लखेटेको थियो । उनीहरुले भागेका थिए । त्यहाँ पनि सुरक्षाकर्मीले उनीहरुलाई घेरा हाले । त्यति बेलासम्म विपक्षी गठबन्धनका युवाहरु शिव चोक पुगिसकेका थिए । उनीहरु प्रहरीको घेरामा राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरे । नेपाली काँग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द, एमालेको माधव पक्ष सहित विपक्षी पाँच दलका ५०/६० जना विद्यार्थीहरु प्रदर्शनमा सहभागी थिए । उनीहरुको प्रतिकार गर्न करिब ४/५ जना युवाहरुले उत्रेको थिए ।

प्रतिकृया दिनुहोस्
prabhu host