मिति लोड़ीङ्ग हुँदैछ...

मनसुन तीनवटै प्रदेशसहित देशव्यापी हुने सम्भावना

 संवाददाता    June 12, 2021     447 जनाले पढ़िसके

बलिराम कापरी/काठमाडौँ, जेष्ठ २९
प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छन् । देशको पूर्वी भेगबाट शुक्रबार नै प्रवेश गरेको मनसुन तीनवटै प्रदेशमा फैलिएका जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका जिल्लाहरुमा मनसुन भित्रिएको जानकारी दिएका छन् । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ ।

मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशको विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेका छन् । अन्य स्थानमा भने भारी वर्षाको सम्भावनाको रहेको अनुमान मौसमविद् पौडेलले जानकारी दिएको छ । अब केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host