मिति लोड़ीङ्ग हुँदैछ...

इनरुवा अस्पतालको एक्स–रे मेसिन बन्द संक्रमित विरामीलाई उपचारमा समस्या 

 संवाददाता    June 11, 2021     428 जनाले पढ़िसके
  1. इनरुवा । प्रविधि र सुविधा थपिइरहेपनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा इनरुवा अस्पताल आएका ठूलो संख्याका बिरामीले दुःख पाइरहेका छन् । बिग्रिएको केही दिन विती सक्दा पनि एक्स–रे मेसिन पुनः मर्मत भई आइनपुगेकाले सामान्य बिरामी लगायत कोभिड अस्पतालमा भर्ना भएका विरामी पनि एक्स–रे सेवाबाट बञ्चित भएका छन् ।

५० शैयाको अस्पतालमा एउटामात्रै एक्स–रे मेसिन छ । अस्पताल परिपरिका निजी क्लिनिकहरूमा समेत एक्स–रे सेवा हुँदा पनि संक्रमित विरामीको एक्स–रे गर्न नमानेपछि यस सुविधाबाट बञ्चित भएका छन । प्रायः छाती दुखेका र अन्य बिरामीलाई समेत एक्स–रे सेवा लिनु अनिवार्य हुन्छ । तर, इनरुवाकै सरकारी अस्पतालमा एक्स–रे मेसिन विग्रीदा बिरामीले टाढाका निजी अस्पताल उपचारको लागि पुग्नुपरेको विरामीका आफ्न्त लगायत स्थानीयको गुनासो रहेको छ ।

 

एक्स–रे फाँटका कर्मचारीका अनुसार हामीले विगत ६ महिना पूर्व नै एक्स–रे को क्यासेट सक्किन लागेको छ त्यस पछि हामी २ थान क्यासेटको आवश्कता पर्ने हो त्यस पश्चात मात्र एक्स–रे सेवा पुनः दिन सक्दैनौ भनी पटक पटक लिखित जानकारी दिँदा समेत अस्पताल तर्फबाट कुनै पहल नभएको बताए । विग्रीए थन्किए पछि सामान ल्याई दिन भनी अस्पताल प्रशासनलाई पटक पटक भन्दा समेत सामान आउँदै छ । हामी मगाएका छौ २–४ दिन लाग्छ भनी असन्तोषजनक जवाफ दिएको एक्स–रे का कर्मचारीले बताए ।

 

अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीका अनुसार उक्त एक्स–रे मेशिनमा लाग्ने क्यासेट मगाउन बढी मूल्य पर्ने भएकोले छलफल गरी आफू तयार रहेको र केही दिनमै सामान आईपुग्ने र मर्मत पछि लगतै एक्स–रे सेवा सञ्चालन हुने जानकारी दिए ।

 

विगत केही दिन अगाडी पनि यसै एक्स–रे मेसिनको सामान चोरी भएको र उक्त सामान हाल सम्म पनि फेला पर्न सकेको छैन । उक्त सामानको हालको बजार मूल्य करिव दुई लाख ५० हजार रुपैया पर्न जान्छ । अव एक्स–रे मेशिनका लागि चाहिने आवश्यक २ थान क्यासेटको बजार मूल्य करिव तीन लाख रुपैया पर्न जान्छ ।

 

यसरी पटक पटक कहिले चोरी हुने त कहिले सामान हराउने, त कहिले सामान विग्रीएको भनी एक्स–रे सेवा बन्द गर्ने भएकोले कही कतै कर्मचारीको लापरवाही होकी वा प्रशासनको पनि मिलेमतो छ भन्ने विषयमा समेत चर्चा तथा प्रश्न समेत उब्जिन थालेको छ ।

 

इनरुवा अस्तालका कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका संक्रमित विरामीहरुलाई एक्स–रे विग्रीएका कारण एक्स–रे नहुदा विरामीको स्वास्थ्य उपचारमा कठिनाई भई हालको विरामीको स्वास्थ्य अवस्था बारे जाँच गर्न समेत दुविदा उत्पन्न भएको अन्य अस्पतालमा रेफर गर्नु गर्ने वाध्यता रहेको अस्पतालका डा. विनोद मेहताले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
prabhu host