मिति लोड़ीङ्ग हुँदैछ...

प्रधानमन्त्री ओली जनताको अधिकार खोस्ने भस्मासुर हुन ः नेता यादव

 संवाददाता    January 3, 2021     575 जनाले पढ़िसके

प्रधानमन्त्री ओली जनताको अधिकार खोस्ने भस्मासुर हुन ः नेता याद
जनकपुरधाम, पुस १९ गते ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली जनताको अधिकार खोस्ने ठुलो भस्मासुर रहेको बताएका छन ।
समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै नेता यादवले ओली देश र जनताकालागि भस्मासुर रहेको बताए । उनले भने ‘ओली यस्ता व्यक्ति हुन जो जनताको मत लिएर प्रधानमन्त्री बने र अहिले आएर जनताकै अधिकार ध्वस्त पार्न उद्वत छ्न, त्यसैले उनी भस्मासुर हुन ।’
उनले ओली आफ्नो पार्टी भित्र मात्र भई देशैभरी आगो लगाउने भस्मासुर रहेको बताए । नेता यादवले देशको संविधान परिमार्जन गरेर सबैको संविधान बनाउनुको साटो प्रधानमन्त्री ओली प्राप्त अधिकारलाई नष्ट पार्ने गरी संविधानमाथी नै धावा बोलेको आरोप लगाउँदै भने ‘बहुमत पाएको सरकारले संविधानलाई सबैको संविधान बनाउनु पथ्र्यो, जबकि ओलीजी ले पार्टी भित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर तानाशाही प्रवृति देखाएका छन् ।’
उनले अगाडी भने ‘२००७ सालको अन्तरिम संविधान राजा त्रीभुवनले कार्यान्वयन हुन दिएनन्, २०१७मा राजा महेन्द्रले कु गरे, पछि ज्ञानेन्द्रले त्यही गरेर तानाशाह बन्ने कुचेष्टा गरे, के भयो ? जनताले आन्दोलन गरेर राजतन्त्रलाई नै उखालेर फालि दिए ।’ ओली पनि सोही नक्साकदममा अगाडी बढि रहेको उनको आरोप थियो ।
नेता यादवले प्रधानमन्त्री ओलीको देशमा चुनाव गराउने होइन संसद र प्रदेशसभालाई समाप्त पारेर संविधान नै नास पार्ने योजना रहेको दावी गरे ।
उनले प्रधानमन्त्रीलाई निरंकुश, तानाशाह, महेन्द्रवादी आदिको संज्ञा दिदै उनी कमाउनिष्टहरुको नेता रहेको बताए । कम्युनिष्टहरु लोकतन्त्रलाई रुचाउँदैनन भन्दै उनले नेपाली मोडेलको तथाकथित कम्युनिष्टमा लोकतन्त्र झनै नरहेको दावी


गरे । उनले भने ‘ओली न माक्र्सवादी हुन्, न साम्यवादी उनी महेन्द्रवादी हुन् ।’
कार्यक्रममा सहभागी जसपाका नेता शरदसिंह भण्डारीले ओली प्रवृति देशमा संघियता नै नचाहेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गरेर चुनाव गराउनु नभएर एकल जातीय तथा नश्लिय साशन अगाडी बढाउने ध्येय रहेको आरोप लगाए ।
उनले यो अपूर्ण संविधानले देशमा दुर्घटना गराउँछ गराउँछ भन्दै आएका थियौँ अहिले आएर त्यो सावित भएको बताए । संविधानमा अहिले पनि विमति रहे तापनि जे जति प्राप्त अधिकारहरु छन त्यसको रक्षा गर्ने अभिभारा हामीहरुको काँधमा रहेको उनको भनाई थियो ।
भण्डारीले हामी चुनावबाट डराएका होइनौँ भन्दै भने ‘हामी जनताहरुको बिचमै रहेर राजनीति गर्ने व्यक्ति रहेकोले जनतामा जान हामी सदैव तत्पर छौँ ।’
उनले यदि यो देशलाई बचाउनु छ यो सन्की प्रधानमन्त्रीलाई सडकबाटै लखेटेर भगाउनु आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस्
prabhu host